५३ वर्षपछि प्रेमपत्र आउँदा !

२१ वर्षे प्रेमी क्लार्कलाई पठाएको पत्र ५३ वर्षपछि प्रेमी ७४ वर्ष भएपछि पुग्यो  प्रेमिकाले पठाएको चिट्ठी पढ्न सबैलाई आतुर हुन्छ । तर, अमेरिकाका एक प्रेमजोडीको प्रेमपत्र ५३ वर्षपछि मात्र आइपुगेको छ । १९५८ मा लेखिएको सो प्रेमपत्र पेन्सिलभेनिया विश्वविद्यालयको पत्र विभागमा १० दिनअघि आइपुगेको हो । क्लार्क सी मोरको नाममा प्रेषित यो प्रेमपत्र उनकी प्रेमिका भोनीले लेखेकी हुन् । क्लार्क सी मोर र भोनी विश्वविद्यालयकालका प्रेमी-प्रेमिका थिए । पेन्सिलभेनिया विश्वविद्यालयमा पढ्दा क्लार्क र भोनीको जोडीले प्रेमभावना पत्रमार्फत आदान-प्रदान गर्थे । २१ वर्षे लक्का जवान प्रेमी क्लार्कलाई लेखिएको प्रेमपत्र अहिले ७४ वर्षे वृद्धा क्लार्कले पाउने भएका छन् ।   दुई पृष्ठ लामो प्रेमपत्रको खामबाहिर 'लभ यु फरहेभर' वा 'तिमीलाई सधैं प्रेम गर्छु' लेखेर प्रेमिका भोनीले हस्ताक्ष्ार गरेकी छिन् । क्लार्कले नाम परिवर्तन गरेर मोहम्मद सिद्दिक राखेकाले उनको हालको ठेगाना पत्ता लगाउन विश्वविद्यालयमा हम्मे परेको थियो । टेलिभिजन कार्यक्रममा क्लार्कको प्रेमपत्र सम्बन्ध कार्यक्रम हेरेपछि साथीले क्लार्कलाई प्रेमपत्रका बारेमा जानकारी दिए ।   सिद्दिक र भोनीको सम्बन्धविच्छेद भइसकेको छ । तर, त्यसवेलाको निश्चल, कोमल प्रेमको साक्षी प्रेमपत्र पढ्न आफू निकै हतारिएको रिटायर्ड शिक्षक सिद्दिकले बताए । क्लार्क र भोनीले प्रेमलाई बिहेमा परिणम गरे, ४ सन्तानका बाबुआमा पनि बने । तर, पछि उनीहरूको सम्बन्धविच्छेद भयो । अहिले एक्कासि सम्बन्धविच्छेद भइसकेपछि ५३ वर्षअघि प्रेम उत्कर्ष भएका वेला आएको प्रेमपत्रले सिद्दिकलाई भावुक बनाएको छ रे ।   'त्यसवेलाको प्रेम फरक थियो, कम्प्युटर थिएन । प्रेमी-प्रेमिकाले भावना साटासाट गर्ने माध्यम चिट्ठी मात्र थियो,' उनी भन्छन् । अहिलेको इमेलभन्दा चिट्ठी आदान-प्रदान निकै रोमान्टिक हुने गरेको अनुभव उनी सुनाउँछन् । पेन्सिलभेनिया विश्वविद्यालयले सिद्दिकलाई प्रेमपत्रसहित विश्वविद्यालयको टिसर्ट पनि पठाएको छ । 

source:-नयाँ पत्रिका
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login