२४ घन्टामा दुई पटक विवाह

इनरुवा, श्रावण २  - सामाजिक रीतिअनुसार बिहेपछि भोजभतेर हुन्छ, अनि बेहुला-बेहुली बिदा गरिन्छ । तर यहाँको एउटा विवाहमा चेली बिदा गरी पठाएको चार घन्टापछि नै माइती पक्षले फर्काएर ल्याएका छन् । अनि लगत्तै भोलिपल्ट केटाले अर्की केटीसँग बिहे गरेका छन् । सुनसरीका जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्तीका छोरा मनोहर र इनरुवा, बलाहा बस्ने मित्रलाल पोखरलेकी छोरी उमाको शुक्रबार इनरुवास्थित सत्यनारायण मन्दिरमा बिहे भएको चार घन्टामै माइतीले उमालाई फर्काएका हुन् ।  दिउँसो बिहे गरी छोरीको बिदाइ गरेकाहरूले साँझ विराटनगर ५ स्थित वस्तीको घरमा गएर छोरी फर्काई लगेको बेहुलाका बुवा जिशिअ वस्तीले बताए । साँझ ५ बजे बिहे सम्पन्न भई बिदाइ भइसकेपछि राति १० बजे बलाहाबाट गएका माइतीले छोरी लगेको वस्तीले बताए ।  बेहुला मनोहर लागूऔषधको दुव्र्यसनी रहेको भन्दै छोरी फर्काएको माइती पक्षले बताएका छन् । उनीहरूका अनुसार मनोहर लागूऔषध दुव्र्यसनी रहेको र छोरीले दुःख पाउने अवस्था देखेर फर्काइएको हो ।  बेहुली पक्षले दुव्र्यसनीलाई छोरी दिएर भविष्य बिगार्नुभन्दा अर्कोसित बिहे गर्ने सोचका साथ छोरी फर्काएको जनाएका छन् । जिशिअ वस्तीले भने आफ्नो छोरा दुव्र्यसनी नरहेको दाबी गरेका छन् । उनले भने, 'ऊ दुव्र्यसनी होइन, कसैले भन्छ भने प्रमाणित गरेर देखाउनुपर्छ ।' उनले बुहारी फर्काएर नलग्न पटकपटक आग्रह गर्दा पनि उनका अभिभावकले लगेकोमा आफूलाई पनि दुःख लागेको उनले बताए ।  यसैबीच जिशिअ वस्तीका छोरा मनोहरले शनिबार अर्को बिहे गरेका छन् । 'छोरालाई अनावश्यक आरोप लगाएर बुहारी फर्काएर लगेपछि शनिबार हामीले अर्की बुहारी भित्र्याएका छौं,' वस्तीले भने । तर छोरा मनोहरले अर्को बिहे कहाँ र कोसित गरेको भन्नेचाहिँ वस्तीले बताएनन् ।


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login