कुवेतमा ६ वर्षदेखि कोमामा




काठमाडौ, अषाढ २३ - कुवेतमा ६ वर्षदेखि कोमामा रहेकी एक नेपाली युवतीलाई वीर अस्पतालले 'बिरामीको हैसियत र सिट' हेरेर मात्रै भर्ना लिने जवाफ कुवेत दूतावासलाई दिएको छ । कुवेत अस्पताल प्रशासनले सुकौरा-२ मकवानपुरकी बिरामी शान्तिमाया दोङलाई स्वदेश पठाउनुअघि उनको उपचारको ग्यारेन्टी मागेपछि वीर अस्पतालले त्यस्तो जवाफ दिएको हो ।  '६ वर्षदेखि दोङको उपचार अस्पतालबाटै भइरहेको छ । परिवारले बारम्बार बिरामीलाई घरमै लैजाने भनिरहेकाले हामीले स्वदेश लैजाने भनेर अस्पतालमा कुरा राख्यौं ।  अस्पतालले स्वदेश लगेपछि दोङको उपचार नेपाल सरकारबाट हुन्छ भन्ने ग्यारेन्टी पत्र देऊ भनेपछि श्रम र परराष्ट्रलाई पत्र पठाएका थियौं,' कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले भने, 'तर वीरले बिरामीको उपचार हैसियत र उपलब्ध सिटका आधारमा हुन्न भनेर जवाफ पठाएको छ ।' नेपाली नागरिक उपचारबारे कुवेतको अस्पतालले  चिन्ता जनाउँदा पनि नेपालबाट सहयोग नहुँदा समस्या परेको उनले बताए । दोङको कुवेतमा फर्वानिया अस्पतालमा २००६ मार्च २२  देखि उपचार भइरहेको छ । उपचार खर्च सुरुदेखि नै अस्पतालले बेहोरिरहेको छ । 'झन्डै २७ लाख रुपैयाँ बराबर खर्च भइसकेको छ,' उनले भने, 'दूतावासको पहलमा त्यो खर्च नलिने भएको छ ।'  दूतावासको पत्रका आधारमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सरकारी अस्पताल भन्दै वीरलाई उनको भर्ना लिइदिन भनेर पत्र पठाएको थियो । 'यस्तो जवाफको आधारमा हामीले दोङको उपचारको ग्यारेन्टी हुन्छ भनेर अस्पताललाई कसरी पत्र लेख्ने ?' पौडेलले भने, 'यही आधारमा जिम्मेवारी लिएर बिरामी लगेमा भोलि गलत भइदिएमा दूतावासमाथि नै मुद्दा लाग्छ ।'  सरकारले जिम्मेवारी लिएपछि अस्पतालले 'आफ्नो नर्स बिरामीसँगै पठाउने र भर्ना लिएपछि मात्रै र्फकने' दूतावासलाई भनेको छ । 'अहिले हामी निकै अप्ठ्यारोमा परेका छौं,' उनले भने, 'एकातिर नेपालबाट उपचार गर्न भर्ना लिन्छु भनेर पत्र आउँदैन, अर्कोतर्फ शान्तिलाई नेपाल पठाउन काम नगरेको भनेर परिवार र कुवेतस्थित नेपाली समुदायबाट आलोचना भइरहेको छ ।'  दोङ कुवेतमा घरेलु काम गर्न दिल्ली हुँदै गएकी थिइन् । त्यहाँ घर मालिकको यातना सहन नसकेर घरको छतबाट हामफालेकी थिइन् । 'घाँटी र पेटमा प्वाल पारेर जुस र अरू झोलिलो पदार्थ वाइपासमार्फत सम्बन्धित अंगमा पुर्‍याई उनलाई बचाइरहेको छ,' शान्तिमायालाई अस्पतालमा भेट्दै आइरहेका डुमारवाना बाराका केदारनाथ खरेलले भने, 'उनको हातबाहेक अरू केही अंग चल्दैन । अस्पतालमा भर्ना भएदेखि नै बेहोसी अवस्थामा छिन् ।' अस्पतालले शान्तिमायालाई अहिलेसम्म बचाउन सफल भएकाले नेपाल लगिएपछि पनि उनको जीवनबारे चिन्ता जनाएको दूतावासले जनाएको छ । शान्तिमाया विमानबाट यात्रा गर्न सक्ने पनि प्रमाणित भइसकेको छ । पीडित परिवारलाई राहत दिन कुवेतस्थित नेपाली संघ-संस्थाहरूले रकम संकलन गरेका छन् ।


ekantipur


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login