मुगु अस्पतालमा बिरामीको बिचल्ली


मुगु, अषाढ २३ - जिल्ला अस्पतालमा उपचार उपकरण र स्वास्थ्यकर्मीको 
अभाव हुँदा बिरामीहरू बिचल्लीमा परेका छन् । उपचारका लागि अस्पताल पुगेकी रुगाकी ३३ वर्षीया जानशिला लावडले शय्या अभावले भुइँमै पल्टिएर उपचार गराइन् । सातादेखि ज्वरो र टाउको दुखेर थलिएकी जानशिलाले चिसो सिमेन्टमा सुत्दा झनै बिरामी भएर र्फकेको बताइन् ।  'अस्पतालमा राम्रोसँग पल्टिने सफा ठाउँ छैन, औषधोपचारको कुरा टाढाको,' उनले भनिन् । २ पटक आउँदा पनि राम्रो उपचार नपाएको गुनासो उनको छ । जिल्ला अस्पतालमा 'हुने-खाने टाठाबाठा' ले मात्र उपचार पाउने गरेको अर्की बिरामी करुणा लावडले बताइन् । 'निःशुल्क औषधि पाइएला भनेर आउँछौं । सेतो कागतमा लेखेर मेडिकल जान सिफारिसबाहेक केही हुन्न,' उनले बताइन् ।  ०६३ देखि सञ्चालनमा आएको १५ शय्याको जिल्ला अस्पतालमा व्यवस्थापन कमजोरीले अस्पताल लथालिंग छ । अस्पतालमा जेनतेन ९/१० वटा बेड बिनातन्ना फोहोरले दुर्गन्धित अवस्थाका छन् ।  पिउने पानी समस्याले उपचारका लागि अस्पतालमा आउने अधिकांश बिरामीले घरबाटै जर्किनमा बोकेर आउने गरेका छन् । शौचालय नहुँदा लुकेर भवन पछाडि दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको एक स्वास्थ्यकर्मीले बताए । 'अस्पतालको बेहाल देखेर बिरामीहरू यहाँ आउन चाहँदैनन्,' डा. किशोर परियारले भने । उनलाई पनि काजमा पठाएको हो । स्वास्थ्य प्रमुख चक्रबहादुर मल्लले अस्पतालप्रति स्थानीयका गुनासा आउन थालेपछि शौचालय र खानेपानी मर्मत तथा फोहोर व्यवस्थापन गर्न थालेको बताए ।  ३६ कर्मचारी दरबन्दी रहेको अस्पतालमा स्वास्थ्य प्रमुख मल्ल, डा. परियार, ३ अहेव र एक अनमीमात्र छन् । करिब ३ वर्षअघि स्वास्थ्य विभागले पठाएको एक्सरे मेसिन अहिलेसम्म प्रयोगमा नल्याउँदा खिया लागेर बिग्रेको छ । ल्याब पनि चालू अवस्थामा छैन ।

ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login