एक्लैले १ करोड ७० लाख दान

झापा (काँकडभिट्टा), श्रावण ५ - झापा बुधबारेका एक व्यक्तिले विगत तीन वर्षमा शिक्षा र अन्य क्षेत्रका लागि रु एक करोड ७० लाख बराबरको निजी धन दान दिएका छन् ।  बुधबारे गाउँ विकास समिति–५ निवासी ५३ वर्षीय रमेशकुमार भुजेलले २०६५ सालमा बुधबारेको आदर्श उच्चमाविलाई रु दुई लाख ५५ हजार ५५५ दिएर दानको सुरुवात गरेका थिए ।  उनले बुधबारेको सीता रमेश बहुमुखी क्याम्पसलाई रु ५८ लाख, दुहागढीको त्रिदेव बहुमुखी क्याम्पसलाई रु २६ लाख, धाइजनको बलभद्र जनता उच्च माविलाई रु ५५ हजार र बाहुनडाँगीको बाल विकास निमाविलाई रु ५५ हजार नगद दान गरेका छन् ।  विद्यालय, मठमन्दिर, खानेपानी आयोजनालगायतका क्षेत्रमा उनले सहयोगलाई केन्द्रित गरे पनि दानको नब्बे प्रतिशत बढी हिस्सा शिक्षा क्षेत्रमा रहेको छ ।  एसएलसीसम्मको मात्र शिक्षा प्राप्त गरेका समाजसेवी भुजेलले गरिबीका कारण आफूले पढ्न नपाएको हुँदा आफ्नो जस्तो अवस्था अरूको नहोस् भनेर गरिब पढ्ने विद्यालय र क्याम्पसमा सहयोग दिएको बताए ।  नेपाली कांग्रेस बुधबारे गाविसका सभापति समेत रहेका भुजेल पछिल्लो समय जग्गा खरिद बिक्री व्यापारमा संलग्न छन् । आफूले आर्जेको मुनाफाको ३० प्रतिशत हिस्सा दानमा खर्च गर्ने सङ्कल्प गरेको उनले बताए ।  रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

1 commentaires

  1. THANK YOU VERY MUCH RAMESH JI YOU ARE SO GREAT PERSONALITY AND SALUTING YOUR GREATNESS.

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login