यौन दुर्व्यवहारमा २५ वर्ष कैद

गुलरिया, श्रावण ५ - जिल्ला अदालतले यौन दुर्व्यवहार गर्ने एक जनालाई २५ वर्ष कैद फैसला सुनाएको छ ।कालिका गाविस-५ का हरिकृष्ण भुजेललाई बलात्कार, हाडनाता करणी र नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा २५ वर्ष कैद सजाय सुनाएको हो । जबर्जस्ती करणी मुद्दामा १० वर्ष, नाबालिका करणीमा ५ वर्ष र हाडनातामा १० वर्ष गरी २५ वर्षे सजाय तोकिएको अदालतका श्रेस्तेदार सूर्यप्रसाद रेग्मीले बताए । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उक्त फैसला गरेको हो । अदालतका अनुसार बलात्कार अभियोगमा अरू व्यक्ति पनि सजाय भोगिरहेका छन् । शालिग्राम दमाईले बलात्कारको अभियोगमा ८ वर्ष कैद सजाय भोगिरहेका छन् । उनलाई एक नाबालिकामाथि जबर्जस्ती करणी अभियोग लागेको थियो । उनी जस्तै प्रेमबहादुर चौधरी र तुलबहादुर घर्ती मगरलाई पनि अदालतले एक महिनाअघि ६ वर्षे कैदको फैसला सुनाएको छ ।


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login