अन्तर्राराष्ट्रिय कुस्ती खेलाडीको हत्या


चौबिसै घण्टा प्रहरीले पहरा दिने ठाउँमै अन्तर्राराष्ट्रिय कुस्ती खेलाडीको हत्या 
गौर (रौतहट), अषाढ २३ - अज्ञात समूहले रौतहटका पूर्व अन्तर्राराष्ट्रिय कुस्ती खेलाडीको बिहीबार साँझ गोली हानी हत्या गरेको छ ।   सदरमुकाम गौरको मुख्य चौकमा साँझ साढे आठ बजे दासमामाथि पछाडिबाट गोली प्रहार गरी उक्त समूह फरार भएको थियो । उनलाई गोली प्रहार गरेको स्थानमा प्रहरीे चौबिसै घण्टा ड्युटी बस्ने गर्छ । तर दासमाथि गोली प्रहार भएको प्रहरीले समेत पत्तो पाएन ।   सदरमुकाम गौर नगरपालिका- ८ स्थित कर्मचारी मिलन केन्द अगाडि सवा ८ बजे साथी सँग गफ गरिरहेको बेला अज्ञात समुहले पछाडीबाट अन्तर्राराष्ट्रिय खेलाडी उपेन्द्र दास बैरागीमाथि गोली प्रहार भएको हो ।   ४५ वर्षीय  दासको पछाडीबाट गोली वारपार भएको थियो । दासलाई तत्कालै उपचारको लागि अस्पताल लैजाँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरी उपरीक्षक घनश्याम अर्यालले दासमाथि लोडसेडिङको फाईदा उठाउँदै अपराधी समुहले गोली प्रहार गरी फरार भएको बताए ।   अँध्यारोले गर्दा त्यहाँ खटेको सुरक्षाकर्मीले समेत थाहा नपाएको अर्यालले जनाए । उनले घट्नामा सलग्न चाँडै पक्राउ पर्ने बताए ।   विगत एक दसक बढि समयदेखि दास असुरक्षाको कारण जनाउँदै आफ्नो गाँउ प्रेमपुर गोनाही गाविस छाडेर सदरमुकाम गौर बस्दै आएका थिए ।   नेपालमा भएको आठौं साफ खेलकुद प्रतियोगितामा दासले कुस्ती खेलमा कांस्य पदक जितेका थिए । सुरक्षाकर्मीको पहराको बाबजुद पनि दासको हत्या भएको भन्दै रौतहट फुटबल सघ रौतहटका अध्यक्ष नेपाल कार्की र सितोरिया कराँते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले घट्नाको भर्त्सना गरेका छन् ।   उनीहरुले फितलो सुरक्षाको कारण खेलाडीको हत्या भएको भन्दै संलग्नलाई कारबाहीको माग गरेका छन् ।   
ekantipur

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

1 commentaires

  1. Ab hamro Nepal ma yo t sadharan kura ho. yesma dosh Janta ko ne ho kin ki phela phela ko sarkar ma yesto hunthean, ahele t sdhe hune greko hame lae anubhb bherakheko chh. hoen r ?

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login