दाँतको सफाइ गरे गर्भधारण चाँडै




सामान्यतया मुखको दुर्गन्ध हटाउन र बलियो राख्न दाँतको सफाइ गरिन्छ । दाँतको हेरचाहले थोते हुनबाट मात्र हैन, महिलालाई चाडै गर्भवती हुन समेत मदत गर्ने हालैको एक अध्ययनले देखाएको छ । अनुसन्धानमा संलग्न डाक्टरहरुको अनुसार दाँतको खराबीले महिलामा बाझोपन हुने र गर्भधारण कम्तिमा पनि दुई महिनाले ढिलो हुने खतरा हुन्छ ।  प्रजननसम्बन्धि स्वीडेनमा भएको सम्मेलनमा गिजा समस्याबाट ग्रसित एक महिला पाँच महिनाको सट्टा सात महिनामा गर्भवती भएकोबारे छलफल भएको थियो । यसको मुख्य कारण महिलाको गिजा रोग रहेको सम्मेलनको निचोड छ । समयमै उपचार नगरिएको भए यसको असर शरिरमा समेत हुने जनाइएको छ । दाँत र गिजासम्बन्धि रोगले हृदय रोग, मधुमेह, गर्भपतन तथा पुरुषमा न्यून विर्य उत्पादन हुने पत्ता लागेको छ ।  दाँत तथा गिजा रोगको सम्बन्ध महिलाको गर्भधारणसँग हुन्छ भन्ने निष्कर्ष अहिलेसम्मकै पहिलो भएको अनुसन्धानका प्रमुख रोजर हार्टले बताए । त्यसैले आमा बन्न चाहने सबै महिलाहरुले नियमितरुपमा डेन्टिस्टको सेवा लिनु पर्ने सुझाब हार्टले दिएका छन् । यसैगरी, ३५ सय महिलाहरुमा गरिएको अष्ट्रेलियाको एक रिपोर्टअनुसार गिजा रोग भएका महिलाहरुमा रगतको मात्र उल्लेखनियरुपमा बढी भई शरिर सुन्निने गर्दछ ।  बेलायतका अर्का प्रजनन विशेषज्ञले भने आमा बन्नको लागि महिला पूर्णरुपले स्वस्थ हुनु पर्ने बताएका छन् ।



onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login