विदेशी पाठयपुस्तक पढाउने ग्यालेक्सीलाई कारबाही

'ग्यालेक्सीबाट कारबाहीस्वरूप लिइएको पाँच हजार रुपैयाँ सरकारको राजस्वमा जम्मा भएको छ'
भवानीश्वर गौतम  काठमाडौँ, जेठ २६-  पाठयक्रम विकास केन्द्रको स्वीकृतिविना विदेशी पाठयपुस्तक पढाउने ग्यालेक्सी पब्लिक स्कुललाई कारबाही गरिएको छ । सो स्कुललाई जिल्ला शिक्ष्ाा कार्यालयले कारबाही गरेको हो । स्वीकृतिविना आफँै पुस्तक प्रकाशन गरी सदस्य विद्यालयलाई पठनपाठनका लागि सर्कुलर जारी गर्ने निजी तथा आवासीय विद्यालय अर्गनाइनजेसन -प्याब्सन)लाई भने कारबाही गरिएको छैन ।  काठमाडौंका जिल्ला शिक्षा अधिकारी बाबुकाजी कार्कीले स्वीकृतिविना विदेशी पाठयपुस्तक पढाएर राष्ट्रको संवेदनशील कुरामा आघात पुर्‍याएकाले ग्यालेक्सीलाई कारबाही गरिएको बताए । जिशिअ कार्कीले भने, 'ग्यालेक्सीबाट कारबाहीस्वरूप लिइएको पाँच हजार रुपैयाँ सरकारको राजस्वमा जम्मा भएको छ ।'   गत चैतको अन्तिम साता मध्यमाञ्चल क्ष्ाेत्रीय शिक्षा निर्देशक देवकुमारी गुरागाईंको नेतृत्वमा शिक्षा विभाग, केन्द्र र काठमाडौं जिल्ला शिक्षा कार्यालयका अधिकृतसहित खटिएको अनुगमन टोली ग्यालेक्सी पब्लिक स्कुलमा छड्के जाँच गरेको थियो । टोलीले सो स्कुलमा केन्द्रबाट स्वीकृति नपाएको पाठयपुस्तक पढाएको फेला पारेको थियो । क्ष्ाेशिनिले कडाइसाथ पाठयपुस्तकको अनुगमन गर्न निर्देशन दिएको छ ।   ग्यालेक्सीले पढाएको भारतीय प्रकाशनको पुस्तकमा राष्ट्रिय जनावर बाघ, राष्ट्रिय पक्ष्ाी मयुर, राष्ट्रिय फूल कमल भन्ने उल्लेख छ ।   प्याब्सनले प्रकाशन गरेको 'प्याब्सन साइन्स बुक' विनास्वीकृति सदस्य विद्यालयमा अनिवार्य पढाउन सर्कुलर गरेको छ ।  यो वर्षदेखि आफैँले प्रकाशन गरेको 'प्याब्सन साइन्स बुक' पढाउन शिक्षा मन्त्रालयअन्तर्गतको पाठयक्रम विकास केन्द्रले स्वीकृति दिएको छैन । समाचार आएपछि स्वीकृतिका लागि पाठयक्रम विकास केन्द्रमा पुगेको प्याब्सनको सो पुस्तकमा त्रुटि भेटिएको थियो । केन्द्रका निर्देशक चित्रप्रसाद देवकोटाका अनुसार सो पुस्तक विज्ञहरूले हेर्दा त्रुटि फेला पारेका थिए । निर्देशक देवकोटाले भने, 'पाठयपुस्तक हेरिसकेको छ, पाठयक्रम विज्ञले सुधार्न निर्देशन दिनुभएको छ ।'   प्याब्सनले यो वर्षदेखि 'प्याब्सन साइन्स बुक' कक्षा एकदेखि दससम्मका लागि प्रकाशित गरेको छ । क्षेत्रीयस्तरका भेलामा समेत प्याब्सनबाट प्रकाशित पुस्तक सदस्य विद्यालयलाई पढाउन लगाउने निर्णय भएको छ । सांगठनिक एकता, आर्थिक सुदृढीकरण र विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्ने नाममा पुस्तक छपाएर व्यापार गर्दासमेत प्याब्सनलाई कारबाही गरिएकोे छैन ।   शिक्षा ऐन, ०२८ को दफा ८ तथा शिक्षा नियमावली ०५९ को नियम ३१ ले कुनै पनि विद्यालयले नेपाल सरकारबाट स्वीकृति प्राप्त पाठयक्रम तथा पाठयपुस्तक लागू गर्नुपर्ने हुन्छ । एकपटक स्वीकृति लिएपछि तीन वर्षका लागि सो पाठयपुस्तक वा पाठयसामग्री लागू गर्न सकिन्छ । तर केन्द्रले सार्वजनिक गरेको ०६६, ०६७ र ०६८ मा स्वीकृति दिएका सूचीकृत पाठयपुस्तकको सूचीमा प्याब्सन साइन्स बुक उल्लेख छैन । 

nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login