जन्ती बस दुर्घटना, चारको मृत्यु

दर्जनौं घाइते, मृतक संख्या बढ्न सक्ने

झापाको जुरोपानी-३ मा जन्तीको बस दुर्घटनामा हुदँ चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ३ दर्जनभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा कोहवरा-५ का गोविन्द ताजपुरिया, कोहवरा-९ का विन्देश्वर शर्मा, राजु ताजपुरिया र प्रेम सिंह ताजपुरिया रहेका छन् । गोविन्दको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने अन्य तीन जनाको बसले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जुरोपानी-१ का कालीप्रसाद राजबंशीको घरबाट जन्ती लिइ फर्कदै गरेको बस सडकबाट १० मिटर तल नहरमा खसेको छ ।
कोहबारा-५ का अमरलाल राजबंशीको घरबाट जन्ती लिएर गएको मे १ ख ४६७ नम्बरको बस दुर्घटना हुँदा बसका सबै जन्तीहरु घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय गौरीगन्जका अनुसार साँघुरो सडक भएका कारण दुर्घटना भएको हो । प्रहरीका अनुसार बिवाह सकेर फर्कंदै गरेको बस बेलुकी साढे ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते हुनेहरुमा कोहबरा-५ का समीलाल राजवंशी, कुमार ताजपुरिया, निरज चौधरी, जानुका चौधरी, सञ्जय ताजपुरिया, कृष्ण पोखरेल, अर्जुन राजवंशी, सुनिल राजवंशी र वार्ड नं. ४ का विद्या राजवंशी रहेका छन् ।

त्यस्तै सरस्वती चौधरी, उषा चौधरी, उत्तनलाल राजवंशी, भीमप्रसाद राजवंशी, चन्द्रप्रसाद राजवंशी, कुशल ताजपुरिया, कृष्णप्रसाद रिजाल, सूर्यप्रसाद राजवंशी र किरण राजवंशी उपचारपछि घर फर्किएका छन् ।
प्रहरी निरीक्षक श्याम खत्रीले साँघुरो सडकको दुबैतिर नहर भएका कारण दुर्घटना भएको हुन सक्ने बताए । बस सडकबाट तल खसेपछि बस भित्र रहेका सबै घाइते छन्- उनले भने ।

घाइतेहरुको उद्धारका लागि सशस्त्र प्रहरी, जनपथ प्रहरी, ट्राफिक प्रहरी र स्थानीयबासीहरु लागेका छन् । बिहीबार बिहानसम्म स्थानीयबासी र प्रहरी सहितको र्याकरले बसलाई नहरबाहिर तान्न नसकेपछि उद्धार कार्यमा समस्या आएको छ ।
बिहानदेखि उद्धार जारी राख्ने प्रंहरीले जनाएको छ । प्रहरीले बस भित्र आधा दर्जनभन्दा बढी जन्तीहरु रहेको आशंका गरेको छ । उनीहरुको अवस्थाको बिषयमा केही भन्न नसकिने प्रहरी अधिकारीले जनाएका छन् । नहर हिलाम्मे भएका कारण उद्धारमा समस्या आएको जनाइएको छ । बस भित्र रहेका जन्तीहरुको बसले किचिएको र उनीहरुलाई बाहिर निकाल्न नसकिएको उद्धार कार्यमा संलग्न प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीका अनुसार बेहुला अनुप र बेहुली सम्झना भने सानो भ्यानमा गएका कारण सकुशल रहेका छन् ।
यता दुर्घटनामा परी घाइते भएका ८ जनालाई नोबेल मेडिकल कलेज बिराटनगर लगिएको छ । दुर्घटनामा परी घाइते भएका अन्यको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।
purbelitimes


युवराज
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login