काठमाडौँ, जेठ २६ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत १० गतेदेखि सुरु गरेको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको परीक्षाफल आउँदो असार १४ गतेभित्र प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रक सुर्यप्रसाद गौतमले जतिसक्दो चाँडो परीक्षाफल प्रकाशित गर्ने योजनाका साथ काम भइरहेको बताउँदै यसवर्षअसार १२ देखि १४ भित्र परीक्षाफल र्सार्वजनिक गर्ने बताउनुभयो । उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको, जिल्ला-जिल्लाबाट परीक्षण सकिएका उत्तरपुस्तिका आउने क्रम जारी रहेको र परीक्षण सकेर आएका उत्तरपुस्तिकाको नम्बर कम्युटरमा चढाउने कार्य भइरहेको कार्यालयले जनाएको छ ।यसवर्षो परीक्षामा मुलुकभरबाट चार लाख ९६ हजार २४३ जना परीक्षार्थी सहभागी भएका थिए । यसमा नियमिततर्फछात्र दुइ लाख २९ हजार ७९१ र छात्रा दुइ लाख ६ हजार ६२० छन् भने एक्जाम्टेडतर्फछात्र २५ हजार ८०५ र छात्रा ३४ हजार २७ जना छन् । परीक्षामा ८९ वटा खुला विद्यालयका आठ हजार १४० जना परीक्षार्थी सामेल छन् । खुला विद्यालयमा नियमिततर्फसात हजार ७९४ र एक्जाम्टेडतर्फ३४६ जना परीक्षार्थीमध्ये शिविरका लडाकू र विदेशी नागरिक पनि सहभागी छन् । कार्यालयका अनुसार जर्मनी, सोमालिया र दक्षिण कोरियाका तीनजना विदेशी विद्यार्थी परीक्षामा सहभागी छन् थिए । उनीहरूका लागि अनिवार्य नेपालीको सट्टा इलेक्टिभ अङ्ग्रेजीको परीक्षा दिने व्यवस्था गरिएको थियो । परीक्षामा सबैभन्दा कम मनाङमा १२२ जना र बढी काठमाडौँमा ३२ हजार ८६० विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षाका लागि मुलुकभर कुल एक हजार ६७२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।गत वर्षएसएलसी परीक्षामा तीन लाख ८५ हजार ११४ जना परीक्षार्थी सहभागी थिए रासस
समाचार
»
एसएलसी परीक्षाको परीक्षाफल असार १४ भित्र
एसएलसी परीक्षाको परीक्षाफल असार १४ भित्र
Tags:
समाचार
0 commentaires