फेसबुकले सङ्गीत सेवा दिने

एजेन्सी सान फ्रान्सिस्को-एक वैकल्पिक सञ्चारमाध्यमको स्थान लिई आएको विश्वप्रसिद्ध साइट फेसबुकले नयाँ सङ्गीत कार्यक्रम पनि सञ्चालन गर्ने भएको समाचार छ । अर्काे त्यस्तै लोकप्रिय वेभसाइटसँग मिलेर उसले यो कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको हालै सावर्जनिक गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । एक प्राविधिक ब्लग जिग्मा ओएमका अनुसार फेस बुकको पेजमा एउटा नयाँ ट्याब उपलब्ध गराइने छ र सोही साइटमा फेसबुकका प्रयोगकर्ताहरुले म्युजिक सेवा पनि लिन पाउने छन् ।सो म्युजिक साइटमा तस्बिर र म्युजिकहरु उपलब्ध हुनेछन् । फेसबुक पेजको देब्रेतर्फ सो सेवाका लागि छुट्टै ट्याब उपलब्ध हुनेछ । सो म्युजिक नामको साइटमा क्लिक गरेपछि त्यहाँबाट प्रयोगकर्ताले म्युजिक ड्यासबोर्ड नामकको सेवा प्राप्त गर्नसक्ने पनि फेसबुक सञ्चालकहरुले जनाएका छन् । सो साइटबाट यसका प्रयोगकर्ताहरुले आफूलाई मन परेका गीतहरु सिधै प्राप्त गर्नुका साथै यसमा आफूलाई मन परेका गीतहरुका लागि अनुरोध पनि पठाउनसक्ने पनि बताइएको छ ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login