शिक्षा क्षेत्रको सुधारकोलागी शिक्षामन्त्रीद्धारा सर्वपक्षीय सम्मेलनको घोषणा


काठमाडौ, ७ असार । शिक्षामन्त्री गंगालाल तुलाधारले शिक्षा क्षेत्रमा सुधार र परिवर्तनको  लागी सर्वपक्षीय सम्मेलन आब्हानको घोषणा गरेका छन् ।  एसएसलसी को नतिजा र समग्र परिक्षा प्रणालीको भूमिका विषयमा रिपोर्टर्स क्लब ने  पालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री तुलाधरले त्यस्तो घोषणा गरे  का हुन ।  उनले सो सर्वपक्षीय सम्मेलनमा राज्यको शिक्षा नीति, परिक्षा नीतिमा रहेको कमजोरी  र सुधारका उपाय त्यस्तै अध्यापन, अनुगमन, दण्ड पुरस्कारको विषय सहित सबै विषयमा  छलफल हुने बताए ।  उनले एसएलसीको परिक्षाफल अघिल्लो वर्षको तुलनामा घटनुको दोषी, अभिभावक,  विद्यार्थी, शिक्षक, सरकार सबै रहेको भन्दै कसैले कसैलाई दोष थोपरेर उन्मुक्ति  पाउन नसक्ने धारणा राखे । उनले भने–जिम्मेवारी लिने पद्धतिको विकास गर्नु पर्छ ।  त्यसमा आफ्नो हिस्साको जिम्मेवारी लिन म पनि तयार छु । तर जिम्मेवारीको पद्धति नै  नभएकोले म मात्र दोषी छैन ।  शिक्षा क्षेत्रको सुधारकोलागी दण्ड र पुरस्कारको ब्यवस्था अपरिहार्य भएको भन्दै  त्यस्तो ब्यवस्था नहुँदा शिक्षा क्षेत्रमा जिम्मेवारीपनाको विकास हुन नसकेको बताए ।  यसवर्षको एसएलसीको नतिजा घट्नुमा परिक्षा प्रणालीमा भएको कडाई पनि एउटा  कारण भएको दावी गर्दै मन्त्री तुलाधरले अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका राम्र  ो हुन नसक्दा पनि नतिजा घट्दो अवस्थामा आएको ठोकुवा गरे ।  उनले शिक्षकको असन्तुष्टि र अप्रयाप्त पनि अर्को कारण भएकोले करिब १३ हजार  अस्थायी शिक्षकलाई स्थायी गर्ने त्यतीकै संख्यामा नयाँ शिक्षक भर्ना गर्ने र  शिक्षकमा बढुवा प्रथाको विकास गर्ने गरी शिक्षा ऐन संसोधनको तयारी भईरहेको  उल्लेख गर्दै त्यसले पनि आगामि दिनको परिक्षामा सकारात्मक प्रभाव पार्ने दावी गरे ।  उनले सरकार शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र भनि घोषणा गरिएको विषयलाई कार्यान्वयन  गराउन प्रतिबद्ध रहेको भन्दै त्यसकालागी सरकार निर्देशीका वा ऐन नै ल्याउन  पनि तयार रहेको बताए । उनले भने–शान्ति क्षेत्रलाई कार्यान्वय गराउन के के  बाध्यात्मक ब्यवस्था गर्नु पर्छ त्यसमा सरकार प्रतिबद्ध छ ।  उनले शिक्षा क्षेत्रमा अनुगमन र नियन्त्रणको पाटो एकदमै कमजोर भएको स्विकार गदै र्  त्यसलाई सुधार्न आवश्यक भएको स्पष्ट पारे ।  शिक्षा क्षेत्रमा सुधार अभियान अगाडि बढाएको जानकारी दिदै रिजल्ट घटनु चुनौति र  अवसर दुबै भएकोले यसलाई अगाडि बढाउनु पर्ने बताए ।  उनले नीजि विद्यालयले आफ्नो रिजल्ट राम्रो भयो भनेर हल्ला गरेर सामाजिक  उत्तरदायित्व बाट भाग्न खोजेको भन्दै एउटा निजि विद्यालयले कम्तीमा पनि  दुईबाट सामूदायिक विद्यालयको सुधारमा भूमिका खेलेर दायित्व निर्वाह गर्नु पर्ने  बताए ।  साक्षात्कारमा शिक्षा विद्ध डा तीर्थ खनीयाले परिक्षालाई प्राज्ञिक भन्दा पनि प्रशासनीक  कार्यको रुपमा हेरिदा एसएलसी परिक्षामा समस्या आएको दावी गर्दै शिक्ष क्षेत्रमा पद्धतिले  काम गर्न नसक्दा सुधार हुन नसकेको दवी गरे ।  उनले एसएलसी परिक्षालाई अनुसन्धान पद्धती र शिक्षाका प्रणालीहरुमा सुधारको  आवश्यकता औल्याए ।  अर्का शिक्षा विद्ध मनप्रसाद वाग्लेले एसएलसीको नतिजाले आधा शिक्षा नीति बेकामे पुष्टि  भएको दावी गर्दै राष्ट्रिय शिक्षा दर्शन के हो भन्ने स्पष्ट हुनु पर्ने आवश्यकता औ  ल्याए । उनले पाठ्यक्रम र पाठ्य पुस्तकमा फरक हुँदा पनि यसले समग्र मुल्याङन  पद्धतीलाई असफल बनाएको बताए ।  एन प्याब्सनकी अध्यक्ष गिता राणाले अब सरकारले एसएलसीलाई भन्दा अब उच्च  शिक्षालाई केन्द्रीत गरेर काम गर्नु पर्ने सुझाव दिईन ।  प्याब्सनका अध्यक्ष राजेश खड्काले राजनीतिक क्षेत्र विग्रिएकोले समग्र शिक्षा क्षेत्र विग्रि  एको दावी गर्दै राजनीति सस्तो ब्यापार बन्न नहुने तर्क गरे ।  निजी विद्यालय सन्चालक उमेश श्रेष्ठले दण्ड र पुरस्कारको ब्यवस्था नगरिकन  शिक्षामा सुधार नआउने दावी गर्दै पब्लिक प्राईभेट पार्टनर सिपको अवधारणामा  विद्यालयहरु सन्चालन गर्नु पर्ने धारणा राखे ।  अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा प्रणाली नै गलत भएकोले परिक्षा  प्रणाली र नतिजा सही हुन नसकेको दावी गरे । उनले समयमै पाठ्यपूस्तक उपलब्ध  नहुनु र पुरा समय विद्याथीले पढ्ने बातावरण नहुने ले पनि परिक्षा फल कमजोर बने  को तर्क गरे ।  साक्षात्कारका सभापति रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपालको  शिक्षालाई आधुनिक र ब्यवसायीक बनाउन समग्र शिक्षा निति र प्रणालीको सुक्ष्म अध्ययन  गरेर कमजोरीलाई सुधार गरेर अगाडि बढेमात्रै नेपाली विद्यार्थीले अन्र्तराष्ट्रिय स्तर  मा प्रतिष्पर्घा गर्न सक्ने बताए ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login