२९ जेठ, वीरगन्ज । भारतीय योगगुरु रामदेवको सुस्वास्थ्यको कामना गर्दै उनका समर्थकले वीरगन्जमा आइतबार बिहान महामृत्युन्जय यज्ञ आयोजना गरेका छन् ।
पतन्जली योग समिति पर्साले घण्टारघर चोकमा आयोजना गरेको महामृत्युन्जय यज्ञमा रामदेवका समर्थक र अनुयायीले उनको सुस्वास्थ्यको कामना गर्दै हवन गरेका छन । पतन्जली योग समिति पर्साका अध्यक्ष किशोरीप्रसाद कलवारले रामदेवको सुस्सास्थ्यका लागि हरेक दिन महामृत्युन्जय यज्ञ गरिने बताए ।
यसअघि हिजो पतन्जली योग समितिको अगुवाइमा घण्टाघर चोकमा रामदेवका समर्थकले बिहान ११ देखि साँझ ६ बजेसम्म रिले अनशन बसेका थिए ।
भ्रटचार र कालोधनविरुद्ध विरुद्ध भारतको हरिद्वारमा अनशन बसेका रामदवेको स्वास्थ्य अवस्था बिग्रिपछि शुक्रबार उनलाई उपचारका लागि देहरादुनस्थित हिमालयन अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालको सघन कक्षमा उपचार गराइरहेका रामदेवको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले बताएका छन ।
onlinekhabar
0 commentaires