मुस्ताङमा विद्युत् उत्पादनका लागि अध्ययन

२९ जेठ, पर्वत । हिमालपारीको जिल्ला मुस्ताङको कोबाङ र लेते गाविसमा कालिगण्डकी नदीबाट एक सय मेगावाट विद्युत् उत्पादन गर्न विस्तृत अध्ययन सुरु भएको छ । मुस्ताङको कोबाङ र लेते गाविसस्थित कालिगण्डकी नदीबाट एक सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने नर्वेको विषेशज्ञ टोलीले प्रारम्भिक अध्ययन प्रतिवेदन दिएपछि विस्तृत अध्ययन सुरु गरिएको हो ।
यस क्षेत्रमा कालीगण्डकी नदीबाट विद्युत् उत्पादनका लागि भारतीय लगानी रहेको गि्रन भेन्चरले आˆनो परामर्शदाता कम्पनी अम्बेश्वर इन्जिनियरिङ हाइड्रोपावर प्रालिमार्फत कोबाङदेखि घाँसासम्मको सामाजिक सांस्कृतिक, आर्थिक, वातावरणीय अवस्थाको बारेमा अध्ययन गरेको छ ।
ग्राउण्ड नेचर सर्भेका सिनियर इन्जिनियर सुरेश श्रेष्ठको नेतृत्वमा १० जनाको टोलीले अहिले आयोजनाबाट प्रभाव पार्ने सक्ने क्षेत्रको स्थलगत अध्ययन गरेको हो । मुस्ताङको टुकुचे, कोबाङ, कुञ्जो र लेते गाविससम्म आयोजनाको प्रभाव रहने हुँदा त्यस क्षेत्रका स्थानीयबासिन्दा, अस्पताल, गाविस, विद्यालय, स्थानीय स्वास्थ्य चौकी तथा विभिन्न सङ्घ संस्थासँग सो टोलीले सुझाव सङ्कलन गरेको थियो । 

onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login