स्कुले विद्यार्थीलाई कोड नम्बर

झापा २९ जेठ,  -समुदायिक विद्यालयका विद्यार्थीलाई उनीहरूको व्यक्तिगत विवरण समेटिएको कोड नम्बर वितरण गरिने भएको छ । विद्यालयमा भर्ना हुने र अध्ययन गर्ने विद्यार्थीको अभिलेख अद्यावधिक गर्न शिक्षा मन्त्रालयले यस्तो योजना बनाएको हो। विद्यालयले धेरै विद्यार्थी भर्ना भएको तथ्याङ्क केन्द्रमा पठाउने तर परीक्षामा भने विद्यार्थी सहभागिता न्यून हुने समस्या देखिएका कारण कोडनम्बर वितरण गर्न लागिएको शिक्षा विभागले जनाएको छ। कोड नम्बरमार्फत विद्यार्थी र विद्यालयको नाम, कक्षामा विद्यार्थीको संख्या र विद्यालय रहेको गाउँको नामसमेत उल्लेख गरी विभागले सम्पूर्ण तथ्यांक केन्द्रमा राख्नेछ। यस्तो कोड नम्बरबाट विभागले केन्द्रमै विद्यार्थी तथा स्कूलसम्वन्धी सम्पूर्ण विवरण अध्ययन गर्न सक्ने विभागका महानिर्देशक डा. लवदेव अवस्थीले बताए। यस्तो तथ्यांकबाट कक्षा १ मा भर्ना भएका कति प्रतिशत विद्यार्थीले माध्यमिक तह पूरा गर्छन् भन्ने वास्तविक तथ्यांक पनि प्राप्त हुने जानकारी डा. अवस्थीले दिए। ‘नक्कली विद्यार्थी भर्ना गरेर सरकारी अनुदानमात्र लिन खोज्ने विद्यालयलाई समेत यस्तो व्यवस्थाले अंकुश लगाउनेछ’, उनले भने। विद्यार्थीले विद्यालय परिवर्तन गरे पनि कोड नम्बर परिवर्तन हुनेछैन। कोड नम्बर वितरणका लागि सबै जिल्ला शिक्षा कार्याययमा पत्र पठाइएको छ। पहिलो चरणमा यसै वर्ष धनकुटा, रसुवा, कपिलवस्तु, बाँके र डडेलधुरा जिल्लामा कोड नम्बर वितरण गरिनेछ। काभ्रे र काठमाण्डौका केही विद्यालयमा स्थलगत अध्ययन भइरहेको शिक्षा मन्त्रालयका प्रवक्ता जनार्दन नेपालले बताए। ‘अध्ययन भएका जिल्लाका विद्यार्थीलाई छिट्टै कोड नम्बर दिन्छौं, त्यसपछि अन्य जिल्लामा पनि जान्छौं’, महानिर्देशक अवस्थीले भने। 

purbelitimes
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login