रौतहट । केहि दिनदेखि लगातार पानी परेका कारण रौतहटका ग्रामीण भेग डुवानमा पर्न थालेका छन् । रौतहटको अभिशापको रुपमा मानिएको वागमती, लालबकैया तथा झाँझ नदीमा आएको पानीले जिल्लाको मध्य तथा पर्ूव पश्चिम भेगमा कटान गरिरहेको र केहि भागहरु डुवानमा परेको स्थानियबासिन्दाले बताएका छन् । रौतहटको मध्यभाग भएर बग्ने झांझ नदीले खेतीयोग्य जमीनहरु कटान गरिरहेको छ भने पानी जमेर पाक्न लागेको मकै खेतीलाई असर पुर्याएको छ । सरकारले वागमती तथा लालबकैया नदी नियन्त्रण गर्न प्रभावकारी रुपमा दिर्घकालिन योजना नल्याएका कारण वर्षोनी रौतहट जिल्लामा हजारौं हेक्टर जमिन कटानमा पर्ने गरेको छ । जनकपुर टुडे
समाचार
»
लगातारको पानीले रौतहटको ग्रामीण क्षेत्र डुबानमा
लगातारको पानीले रौतहटको ग्रामीण क्षेत्र डुबानमा
Tags:
समाचार


0 commentaires