दरवार हत्याकाण्डमाथि फिल्म बन्दै


राजदरवार हत्याकाण्ड भएको दश बर्षपछि सो घटनामा आधारित रहेर नेपाली चलचित्र बन्ने भएको छ ।
अहिलेसम्म रहस्यको गर्भमा रहेको दरवार हत्याकाण्डबारे फिल्म बनाउन लागिरहेका छन निरक पौडेल । गोपिकृष्ण मुभिजका मालिका उद्धव पौडेलका छोरा निरकले दरवार हत्याकाण्डबारे चलचित्र बनाउन बिगत डेढ बर्षदेखि अनुसन्धान भइरहेको निरकले बताएका छन् । उनका अनुसार आगामी दुई बर्षभित्र दर्शकले दरवार हत्याकाण्डमा आधारित चलचित्र हेर्न पाउने छन् ।
अहिलेसम्म अनुसन्धान जारी रहेको भन्दै निरकले हत्याकाण्डबारे प्रकाशित समाचार, टेलिभिजन फुटेजको अध्ययन बिभिन्न नेताहरुसँग छलफल भइरहेको बताएका छन् । यी सवै काम सकिएपछि ६ महिनापछि स्क्रीप्ट लेख्न सुरु गर्ने निरकको योजना छ ।
‘एसासिनेसन अफ दि रोयल नेप्लिज फेम्ली’ नामको यो चलचित्रलाई अन्तराष्ट्रिय बजारलाई लक्षित गरि बनाउन लागिएको हो । यसका लागि गोपिकृष्ण मुभिजले हलिउडको पारामाउन्ट पिक्सर्चसँग सहकार्य गर्न वार्ता अगाडी बढाएको पौडेलले जानकारी दिए । चलचित्रमा दरवार हत्याकाण्डबारे सरकारले बनाएको छानविन आयोगको प्रतिबेदन वा जनताले गरेका आशंकालाई ठाउँ नदिई तटस्थ बस्ने पौडेलले बताएका छन् । स्वदेशी तथा बिदेशी कलाकारको सहभागीता रहने चलचित्रमा दश करोडको लगानी रहने निरकको दावी छ ।
यसअघि भारतीय अभिनेता देवआनन्दले पनि दरवार हत्याकाण्डबारे चलचित्र बनाउने घोषणा गरेका थिए । तर अहिलेसम्म कुनै काम अघि बढेको सार्वजनिक भएको छैन । यस्तै डिस्कभरी च्यानलले पनि दरवार हत्याकाण्डबारे डकुमेन्ट्री बनाएको थियो ।

purbelitimes
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login