कारलाई बसले ठक्कर दिँदा तीन जना गम्भीर, बस चालक फरार

चितवन, जेठ २५- मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत पर्ने चितवनको चण्डीभञ्ज्याङमा आज बिहान बस र कार एकापसमा जुध्दा तीनजना गम्भीर घाइते भएका छन्। बसका चालक भने फरार छन्।     घाइते हुनेमा कारमा सवार चौंविहार-८ दाङ बस्ने ३५ वर्षीय विनोद शर्मा, २३ वर्षीय सुशील पोखरेल र २७ वर्षीय सुमन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको भे१च ६७७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना४ख १०८९ नं को बस चण्डीभञ्ज्याङ-६ कालीखोलामा एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।  स्थानीय मेडिकलमा उपचार हुन नसकेका घाइतेलाई काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ। रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login