जनकपुर ८ असार जनकपुरनगरपालिकाको वार्ड नं.९ बंशीचौकस्थित एक पुरुष आज बिहान मृत अवस्थामा फेला परेको छ । पिडारी चौकबाट जनकपुर चुरोट कारखाना जाने बाटोको बीचमा पर्ने बंशिचौक स्थित खेतमा रहेको पानीमा मृतअवस्थामा रहेको पुरुषको शव स्थानियबासिन्दाहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए । करिब ४० वर्षो, कालो पैन्ट र रातो र्सट लगाएका ती मृत पुरुषको सनाखत भने हुन सकेको छैन । इंन्सपेक्टर सन्तोष खडकाको प्रारम्भिक अनुसन्धान अनुसार मृत व्यक्ति अत्यधिक मादक पदार्थ सेवन गरेर पानीमा लडेको र उठन नसकेर मृत्यू भएको टुडे संग कुरा गर्दै भन्नु भएको छ ।मृत व्यक्तिको मृत्यू राति करीब १०-११ बजे नै हुन सक्ने प्रहरीको अनुमान रहेको छ । घटनास्थलमा धुनषाका प्रहरी टोली गई अनुसन्धान गरिरहेको छ भने शवलाई पोष्टमार्टमको लागि जनकपुर अंचल अस्पताल मा ल्याइएको प्रहरीले जनाएको छ । जनकपुर टुडे
समाचार
»
मृत अवस्थामा पुरुषको शव फेला
मृत अवस्थामा पुरुषको शव फेला
Tags:
समाचार


0 commentaires