उपेन्द्र लामिछाने, वीरगन्ज, असार ८- यस वर्ष एसएलसीमा बारा जिल्लाका ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ ७ हजार ४५ विद्यार्थीमध्ये ६३ दशमलव २६ प्रतिशत पास भए। त्यसमध्ये विशिष्ट श्रेणीमा २ सय ५४, प्रथम श्रेणीमा १ हजार ४ सय ८३, दोश्रो श्रेणीमा २ हजार ५ सय ६३ र तेश्रो श्रेणीमा १ सय ५७ विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय बाराका अधिकृत अशोक रौनियारले जानकारी दिए। सिमरा क्षेत्रमा रहेका तीन सरकारी विद्यालय र पाँच निजी विद्यालयमध्ये डिस्टिङ्सन ल्याउने सवै निजी विद्यालयका छन् भने असफल हुने सबैजसो सरकारी विद्यालयका छन्। सिमरामा रहेका निजी विद्यालय माउन्ट एभरेस्ट उच्च माविले ४० डिस्टिङ्सन सहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ भने नजिकैको सरकारी विद्यालय सिमरा उच्च माविमा भने २५ प्रतिशत विद्यार्थी असफल हुन पुगे। यहाँका अन्य सबैजसो निजी विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन्। तर, सरकारी विद्यालयको पास स्तर भने ४० देखि ६० प्रतिशतको बीचमा रहेको छ। 'तिनै शिक्षकले सरकारी विद्यालयमा हिसाव पढाउदा कतिपय विद्यार्थी सोही विषयमा फेल भए,' एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा भने, 'उनकै पढाइले निजी विद्यालयको विद्यार्थीले भने ९० भन्दा बढी नम्बर कटाए।' पर्सामा भने गत वर्षको तुलनामा यस वर्ष एसएलसी नतिजामा १४ प्रतिशतले कमी आएको छ। गत वर्ष जिल्लाबाट नियमिततर्फ ५५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए भने यस वर्ष ४१ प्रतिशतमा झरेको छ। पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीका अनुसार यस वर्ष पर्साबाट नियमित तर्फ सहभागीमध्ये ४१ दसमलव ३६ प्रतिशत विद्यार्थी उतीर्ण भएका हुन्। नियमिततर्फ ५ हजार १ सय ५६ विद्यार्थी सहभागी भएकोमा २ हजार १ सय ३३ जना उत्तीर्ण भएका छन्। नियमिततर्फ विशिष्ट श्रेणीमा ९८, प्रथम श्रेणीमा १ हजार १ सय २३, तै दोश्रो श्रेणीमा ८ सय ६९ र तेश्रो श्रेणीमा ४३ जना विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै पर्सामा एक्जामटेडतर्फ ४ सय ३० जना सहभागी भएकोमा १५ जना मात्र उत्तीर्ण भएका छन्।
शिक्षक बन्छु : दृष्टिविहीन
बाराको डुमरवाना उच्च माविबाट एलएलसी दिएका दुई दृष्टिविहीन विद्यार्थीमध्ये एकजना प्रथम श्रेणीमा
उत्तीर्ण भएका छन। प्रथम श्रेणीमा उत्तीर्ण दृष्टिविहीन अजमुद्धिन अन्सारीले भविष्यमा शिक्षक बन्ने सुनाए।
'मेरो लक्ष्य शिक्षक बन्ने छ,' नागरिकसँग उनले भने, 'म शिक्षा विषय पढ्छु।' आफू परीक्षामा सफल भएको खवरले घरमा आमा-बा निकै खुसी भएको उनले सुनाए। 'बा-आमाले पनि उच्च शिक्षा पढाउने भनेका छन्,' उनले थपे।
अर्का दृष्टिविहीन विद्यार्थी अनिल चौधरीको मार्कसिटमा भने अर्थशास्त्र विषयको नम्बर राखिएका छैन। 'मैले सबै विषयको परीक्षा दिएको थिएँ,' चौधरीले भने, 'अर्थशास्त्रको नम्बर मार्कसिटमा रहेनछ।'
नागरिकउत्तीर्ण भएका छन। प्रथम श्रेणीमा उत्तीर्ण दृष्टिविहीन अजमुद्धिन अन्सारीले भविष्यमा शिक्षक बन्ने सुनाए।
'मेरो लक्ष्य शिक्षक बन्ने छ,' नागरिकसँग उनले भने, 'म शिक्षा विषय पढ्छु।' आफू परीक्षामा सफल भएको खवरले घरमा आमा-बा निकै खुसी भएको उनले सुनाए। 'बा-आमाले पनि उच्च शिक्षा पढाउने भनेका छन्,' उनले थपे।
अर्का दृष्टिविहीन विद्यार्थी अनिल चौधरीको मार्कसिटमा भने अर्थशास्त्र विषयको नम्बर राखिएका छैन। 'मैले सबै विषयको परीक्षा दिएको थिएँ,' चौधरीले भने, 'अर्थशास्त्रको नम्बर मार्कसिटमा रहेनछ।'


0 commentaires