आगामी जुलाई ४ देखि शुरु हुने भनिएको श्रीमद्भागवत महापुराणको लागि अहिले आयोजक श्री पशुपति फाउन्डेसनले ब्यापक तयारी गरिरहेको संस्थाका अध्यक्ष भक्त थापाले जानकारी दिनुभएको छ । यहाँस्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक ब्यक्तित्वहरु, महिलावर्ग साथै कार्यसमितिमा रहेका ब्यक्ति एबम् अग्रज नेपालीहरु सम्मिलित मूल समिति, साथै सो पुराण सम्पन्न गर्न बिभिन्न उपसमितिहरु गठन गरिसकिएको र ती उपसमितिहरुबाट धमाधम तिब्र गतिमा कार्य भईरहेको श्री थापाले बताउनुभएको छ । सो पुराणको मुख्य कथा वाचकमा ख्यातिप्राप्त पण्डित दिनबन्धु पोखरेल रहनुभएको छ । सो महापुराणमा संस्थाको गतिबिधी र आर्थिक कारोबार, पुराणको कार्यक्रम तालिका साथै सहयोग गर्ने ब्यक्तिहरुको नामावाली रहेको स्मारिका प्रकाशन गर्ने तयारी अन्तिममा पुगेको बताइएको छ।
सुदिप पन्त-लस्एन्जेलस,क्यालिफोर्नियाबाट,
समाचार
»
लस्एन्जलसमा श्रीमद्भागवत महापुराणको लागि ब्यापक तयारी हुँदै
लस्एन्जलसमा श्रीमद्भागवत महापुराणको लागि ब्यापक तयारी हुँदै
Tags:
समाचार



0 commentaires