गोकुल बानियाँ पोखरा २२ जेठ । सबैभन्दा कान्छो उमेर २ बर्ष ११ महिनाका बालकले आज पोखरामा प्याराग्लाईडिङ गर्दै नया किर्तिमान कायम गरेका छन् । काठमाण्डौको चाबहिलकोर् इष्टपोल उच्च माबिमा एलकेजीमा अध्ययनरत बालक सालिन थापाले आज बिहान सराङकोट प्याराग्लाईडिङका पाईलट घनश्याम गौतम संगै १६ सय मिटर माथि उडेर नया किर्तिमानी कायम गरेका हुन् । ठुल्ठुला मान्छेहरु प्याराग्लाईडिङमार्फ हावामा उड्दा मुटु कमाउने अबस्थामा सालिन ३० मिनेट हावामा सफलतापुर्बक उडेर किर्तिमानी रच्न सफल भएका हुन् । यसअघि पाच बर्ष८ महिनामा प्याराग्लाडिङ गरी बिश्व रेकर्ड कायम गरेकार् इटलीका बालकको रेकर्डलाई शालिनको सहासले तछोडेको छ । बुबा सागर थापा र आमा शान्ति थापाको दोस्रो सन्तानको रुपमा २०६५ असार २० गते काठमाण्डौको चाबहिलमा जन्मेका थापाले आज बिहान कास्कीको सराङकोटबाट उडान भरी पोखराको खपौदीमा अबतरण गरेका थिए ।
janakpurtoday
0 commentaires