प्रहरीद्वारा पत्रकारहरुमाथि लाठीचार्ज, आधा दर्जन र्घाईते, दुइ दर्जन पक्राउ

जनकुरधाम २२ पत्रकारलाई दुरर्व्यवहार गरेको विरोधमा धर्नामा बसेका जनकपुरका पत्रकारमाथि प्रहरीले आज लाठीचार्ज गरेको छ । लाठी चार्जबाट करिब आधा दर्जन पत्रकार र्घाईते भएका छन् । गत जेष्ठ १२ गते राति करिब ११ बजे नागरिक दैनिकका जनकपुर संवाद्दाता सरेशकुमार यादवलाई मुजेलिया प्रहरी चौकीका प्रहरी नायव निरिक्षक शशी ठाकुरले हातपात गर्दै घण्टौ नियन्त्रणमा लिएको विरोधमा रिपोर्ट्स क्लब नेपाल धनुषाको अगुवाईमा धर्नामा बसेका पत्रकारमाथि प्रहरीले लाठी चार्ज गर्दै करिब दुइ दर्जन पत्रकारहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीको लाठी चार्जबाट सीमाञ्चल दैनिकका सम्पादक पत्रकार उपेन्द्र भगत नागवंशी सहित आधा दर्जन पत्रकारहरु र्घाईते भएका छन् भने दुइ दर्जन पत्रकारहरु प्रहरी हिरासतमा रहेका छन् । र्घाईतेहरुको उपचार अहिले जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ । नागवंशीको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा आक्रोशित पत्रकारहरुले नाराबाजी गर्दै पक्राउ परेका पत्रकारहरुको रिहाईको माग गरिरहेका छन् । पक्राउ पर्नेमा नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व सभापति वृजकुमार यादव, नवलकिशोर यादव लगायतका रहेका छन् । पत्रकारहरुले जेष्ठ १६ गते ३ दिने अल्टिमेटम सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए भने १९ गतेदेखी जिल्ला प्रशासनमा धर्नामा बस्दै आएका छन् । यसैबीच प्रहरी दमनको बिरोध गर्दै रिपोर्टस् क्लब धनुषाका अध्यक्ष सन्तोष सिंह कुशवाहा तथा पिडित पत्रकार यादवले आजदेखि आमरण अनशन थालेका छन् । क्लबले पत्रकार यादवलाई पक्राउ गरी अमानवीय व्यवहार गर्ने, प्रहरी नायव निरिक्षक शशी ठाकुर तथा निर्देशन दिने प्रहरी उपरिक्षक दिनेश अमात्यमाथि कारवाही गर्नुपर्ने लगायतका ४ वटा माग राखी आन्दोलन गर्दै आएको छ ।यसैबीच रिपोर्र्टर्स क्लब काठमाडौले आज एउटा विज्ञप्ति निकालेर पत्रकारमाथि भएको दमनको भर्त्सना गरेको छ ।

janakpurtoday
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login