म महिलाको कपडा लगाएर निस्कँदै थिएँ
काठमाडौ, जेष्ठ २२ - जवरजस्ती दिल्लीबाट हरिद्वारस्थित आश्रम पुर्याइएका स्वामी रामदेवले अनसन नसकिएको बताएका छन् । आश्रममा आयोजित पत्रकार सम्मेलनमा उनले आफु जीउदा रहेसम्म अभियान जारी रहने बताए ।
उनले प्रहरीको बर्बरताको भर्त्सना गरेका छन् । 'मेरै आँखा अगाडि बच्चाहरुलाई कुटियो, महिलाहरुलाई लछार पछार गरियो' उनले भने, 'यसले सरकार र काँग्रेस अध्यक्ष सोनिया गान्धीलाई यो देशको र यहाँका बालबच्चा र महिलाहरुप्रति माया छैन भन्ने देखाएको छ ।'
उनले शनिवार रातलाई कालो रातको रुपमा लिइने बताएका छन् । उनले भने, 'प्रहरीको बर्बरता संकटकालको भन्दा पनि बढि थियो ।'
उनले आफ्नो हत्या गर्न खोजिएको पनि दावी गरेका छन् । 'उनीहरुले मेरो हत्या गर्न खोजेका थिए । म मृत्युदेखि डाउँदिन तर, त्यस्तो बर्बर अवस्थामा मर्न मन लागेन' उनले भनेका छन् ।
प्रहरीको दमन वर्वर भएपछि आफु मञ्च पछाडिको ढोकाको कापामा दुई घण्टा बसेको र त्यही रहेका महिलाको पहिरन लगाएर उनीहरुसंगै निस्कँदै गर्दा पक्राउ गरिएको उनले बताए । 'म भाग्दै थिइन, नत लुक्दै थिएँ । म बाहिर निस्कँदै थिएँ' उनले भने । उनी त्यहलाई महिलाको कपडामा हरिद्वार पुर्याइएका थिए । उनले त्यही कपडा लगाएर पत्रकार सम्मेलन गरेका थिए ।
0 commentaires