आयल निगमले फेरि डेढ अर्ब माग्यो

काठमाडौं, २६ जेठ : नेपाल आयल निगमले सरकारसँग एक अर्ब ५० करोड रुपैयाँ माग गरेको छ । वाणिज्य मन्त्रालयले निगमका लागि यो रकम माग गर्दै अर्थ मन्त्रालयमा पत्र पठाएको छ । निगमले जुन महिनाका लागि पेट्रोलियम पदार्थ खरिद गर्न भन्दै रकम मागेको हो । जुन महिनामा निगमको नोक्सानी १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । जुन १ मा इण्डियन आयल कर्पोरेशनले पठाएको मुल्यसूचीअनुसार निगमलाई उक्त रकम बराबरको घाटा हुने अनुमान गरिएको हो ।
 यसअघि मे महिनामा निगमको घाटा १ अर्ब ८२ करोड रुपैयाँ हरेको थियो । सरकारले निगमलाई चालु आर्थिक बर्षमा यसअघि दुई अर्ब ६३ करोड रुपैयाँ ऋण दिइसकेको छ । अन्तरौष्ट्रिय बजारमा भएको वृद्धिअनुसार मुल्य समायोजन हुन नसकेकाले निगमले सरकारसँग ऋण या अनुदान माग्दै आएको छ ।

मेचीकाली
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login