रामदेवमाथि भएको हस्तक्षेपको विरोध गर्न गएकाहरु प्रहरी नियन्त्रणमा

रामदेवको सत्याग्रह पुनः सुरु-
 काठमाडौँ, जेठ २३  योगगुरु रामदेवको भ्रष्टाचारविरोधी सत्याग्रहमा भएको प्रहरी हस्तक्षेपको विरोधमा ज्ञापन पत्र बुझाउन लैनचौरस्थित भारतीय दूतावास जान लागेका करिब ३ सय जनालाई प्रहरीले दूतावास पुग्नुअघि नै नियन्त्रणमा लिएको छ।     पतन्जली योग समिति नेपालमा आवद्ध करिब ३ सय जनाले दूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो। कार्यक्रमका लागि भेला हुँदै गरेका उनीहरुलाई प्रहरीले लैनचौरस्थित रोटरी क्लबबाट नियन्त्रणमा लिएको छ। ‘ज्ञापन पत्र बुझाउने कार्यक्रम फिर्ता नलिएसम्म नछाड्नू भन्ने माथिको आदेश छ', एक प्रहरीले नाम उल्लेख नगर्ने शर्तमा बताए।  भ्रष्टाचारविरुद्ध कडा कानून ल्याउनुपर्ने तथा विदेशमा राखिएका भारतीय धन राष्ट्रियकरण गरिनुपर्ने,  १ हजार र ५ सय रुपियाँका नोट छाप्न बन्द गर्नुपर्ने, भ्रष्टाचार गर्नेलाई मृत्युदण्ड दिनुपर्नेलगायतका माग अघि सार्दै शनिबारदेखि आमरण अनसन बसेका रामदेवलाई शनिबार मध्यरातमा प्रहरीले हस्तक्षेप गरी आइतबार उनकै आश्रम हरिद्वार फर्काइदिएको थियो।  रामदेवको सत्याग्रह पुनः सुरु 
 यसैबीच, रामदेवले आफ्ना माग पूरा नभएसम्म आफ्नै आश्रमबाट गएरातिदेखि सत्याग्रह सुरु गरेको भारती मिडियाले जनाएको छ। हरिद्वारस्थित पतन्जली योगपिठको यज्ञशालामा आफ्ना समर्थकसहित उनी सत्याग्रहमा बसेका हुन्। उनले नोएडामा गएर सत्याग्रह थाल्न खोजे पनि सरकारले उत्तर प्रदेश प्रवेश गर्न रोक लगाएको थियो। सरकारले आफूलाई १५ देखि ३० दिन मात्र दिल्लीमा प्रवेश गर्न रोक्न सक्ने बताउँदै त्यसपछि राजधानीमा नै आफ्नो भोक हड्ताल जारी राख्‍ने रामदेवले बताएका छन्।  संसदको विशेष अधिवेशन माग  रामदेवमाथि भएको प्रहरी दमनको विरोधमा विपक्षी दल भारतीय जनता पार्टीले आज देशव्यापी प्रदर्शन गर्ने जनाएको छ। पार्टीले राष्ट्रपति प्रतिभा पाटिललाई आज भेटी यो विषयमा छलफल गर्न संसदको विशेष अधिवेशन डाक्नु पर्ने माग गर्ने भएको छ। भाजपा अध्यक्ष नितिन गड्कारीसहितका विपक्षी शीर्ष नेताहरु राजघाटमा सत्याग्रहमा बसिरहेका छन्। उनीहरुले सरकारले भ्रष्टहरुलाई संरक्षण गरेको आरोप लगाएका छन्।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login