बर्दिवास,। महोत्तरी जिल्लाको गौशाला-सम्सी सडकमा यातायात सञ्चालन बन्द भएको छ ।जिल्लाको पश्चिमवर्ती मुख्य व्यापारिक केन्द्र गौशाला बजारलाई सीमावर्ती भारतीय बजारसँग जोड्ने सो सडक कयौं ठाउँमा भत्केर सवारी साधन चलाउन नसकिने भएपछि यातायात सेवा बन्द भएको हो गौशाला-सम्सी १२ किलोमिटर दूरीको सो सडकको बैरिया पर्सा सडकखण्डमा गहिराे खाल्डाखुल्डी भएको र जेठको दोस्रो सातामा भएको वषाले निगौल बैरिया खण्डपनि बिगारेपछि सो सडकमा सवारी साधन चलाउने अवस्था नरहेको यातायात व्यवसायीहरूले बताएका छन् । नेपाल-भारत व्यापारका लागि अति व्यस्त मानिएको सो सडकमा यातायातका साधन चल्न नसकेपछि गौशाला बजारलगायत जिल्लाको पश्चिम उत्तरवर्ती क्षेत्रको व्यापारिक कारोबार निकै प्रभावित भएको गौशाला बजारका व्यापारी अरविन्द गुप्ताले बताउनुभयो ।अति व्यस्त सडकको यो दुरावस्थाप्रति सडक डिभिजन कार्यालय मुजेलिया, जिविस महोत्तरी र सडकले छुने गाविसहरू उदासीन रहेको जिल्लाका पश्चिम क्षेत्रका बासिन्दाको गुनासो छ । यसैबीच, जिल्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले सबै सम्बद्ध पक्षबीच समन्वय गर्राई सडक मर्मतको काम अघि बढाउने जानकारी दिनुभएको छ ।
रासस
0 commentaires