पशुपति छेउको वाग्मती ढलरहित हुने


काठमाडौ, जेष्ठ २३ - पशुपतिनाथ मन्दिरदेखि माथितिरको वाग्मती नदीको सम्पूर्ण भाग ढलरहित हुने भएको छ । गोकर्ण-बौद्ध क्षेत्रका ढलको व्यवस्थापन गरेर तिलगंगामा मिसाए पनि गोठाटार-मूलपानी क्षेत्रका ढलको व्यवस्थापन हुन सकेको थिएन । गोकर्ण ब्यारेकदेखि गुह्येश्वरीसम्म ढलको निर्माण वि.सं. २०५४ मा सम्पन्न भएको थियो ।
अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गोकर्ण-बौद्ध क्षेत्रका ढललाई गुह्येश्वरीमा ल्याएर प्रशोधन गर्दै आएको छ । यसरी गोठाटार-मूलपानी क्षेत्रका नयाँ बस्तीबाट निस्केका ढलहरू वाग्मतीमा सीधै मिसिन पुगेकाले पाँच किलोमिटर लामो ढल निर्माण कार्य तीव्रताका साथ भइरहेको आयोजना उपप्रमुख अनिलभद्र खनालले जानकारी दिए ।
हाल प्रत्यक्ष तीनवटा जति ढलहरू वाग्मतीमा मिसिएको भन्दै उनले अदृश्यरूपमा अझै केही बढी हुनसक्ने बताए । 'हाम्रो लक्ष्य अब दुई महिनाभित्र ढलरहित वाग्मती घोषणा  गर्ने कार्यक्रम छ, गोठाटार-मूलपानी क्षेत्रको ढललाई मूल ढलमा मिसाएर प्रशोधन केन्द्रमा पुर्‍याउँछौं,' उनले भने ।
गोठाटार-मूलपानी क्षेत्रमा नयाँ बस्ती दिन प्रतिदिन बढ्दै गएकाले पनि ढल निकासको समस्या आएको हो । खहरे खोलामा पनि ढल मिसाउने प्रवृत्ति बढेकाले त्यसको निराकरणका लागि जनचेतनामूलक कार्य आयोजना गरिने उनको धारणा थियो । 'हामीले व्यापकरूपमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, नागरिक समाज लगायतका व्यक्तिलाई वाग्मती स्वच्छ र सफा राख्न आग्रह गछौ,' उनले
भने । सत्र किलोमिटर लम्बाइ रहेको ढलको लम्बाइ अब बाइस किलोमिटरको हुनेछ ।
अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष महेशबहादुर बस्नेतले वाग्मतीका सहायक नदीका ढल व्यवस्थापनका लागि छलफल भइरहेको जानकारी दिए । काम गर्ने इच्छाशक्ति भए वाग्मतीको पूर्ण भाग स्वच्छ र सफा राख्न सकिने उनले दाबी गरे । 'सहकार्य गरेर हामी वाग्मती मात्र होइन यसका सहायक नदीको पनि ढल व्यवस्थापन गर्न सक्छौं, मूल टिमको स्थिरता चाहियो,' उनले भने ।
वाग्मती सरोकार समितिका सदस्य जनार्द्धन खड्काले अधिकारसम्पन्न वाग्मती सभ्यताको टिम निकै सक्रियताका साथ लागिपरेकाले स्थानीयवासी पनि उत्साही भएको बताए । यदि यसरी तीव्र गतिमा काम अघि बढेमा पशुपतिसम्मको मात्र होइन अन्य भाग र शाखा नदीलाई पनि स्वच्छ र सफा राख्न सकिने दाबी गरे । कुरा मात्र नगरेर व्यवहारमा उतारौं, हालको टिम निकै जाँगरका साथ खटेको छ, त्यसकारण हामी आशावादी छौं, उनले भने । आयोजनाले गोठाटार-मूलपानी क्षेत्रको ढलका लागि एघार करोड विनियोजन गरेको छ ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login