बोक्सी आरोपको प्रतिकार गर्दा श्रीमान् अस्पतालमा

सप्तरी, १०  असार : श्रीमतीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्न खोज्नेको प्रतिकार गर्दा श्रीमान् घाइते भई अस्पताल भर्ना भएका छन् ।सप्तरीको विषहरिया–९ निवासी छुवालाल यादवका छोरा ४५ वर्षीय जर्नादन यादव आज घाइते भई अस्पताल भर्ना भएका हुन् ।श्रीमतीमाथि लगाएको आरोपको खण्डन गर्दै प्रतिकार गर्दा स्थानीय गङ्गाराम यादवका छोरा २२ वर्षीय अवधनारायण यादवले मरणासन्न हुनेगरी कुटेको पीडित परिवारका सदस्यले बताएका छन् । कुटिएका जर्नादनको अवस्था गम्भीर रहेको बताइएको छ । आँखा, टाउको र मुखमा चोट लागेका उनको अवस्था गम्भीर रहेको भन्दै सगरमाथा अञ्चल अस्पतालले विराटनगर सिफारिस गरेको छ । शङ्कास्पद शवबारे अनुसन्धानको माग यसैबीच, सप्तरीको भारदह–४ निवासी २८ वर्षीया रीतादेवी मिश्रको शङ्कास्पद शवको आज पोष्टमार्टम गरिएको छ । नृृपति मिश्रकी श्रीमती रीताको शव हिजै ल्याइए पनि पोष्टमार्टम भने आज मात्र गरिएको सगरमाथा अञ्चल अस्पताल राजविराजले जानकारी दिएको छ । गर्धन भाँचिएको र शरीरभर निलडाम रहेकाले रीताको हत्या गरिएको भन्दै उनको माइती पक्षका मानिसले सगरमाथा अञ्चल अस्पताल राजविराजमै होहल्ला गरी केहीबेर शव लैजान रोकेका थिए । यता घर पक्षकाले भने घरमै लडेर घाइते भएपछि उपचार गराउन धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाएको छ । मृतक रीताको शरीरमा चोट, निलडाम देखिएकाले हत्या गरेको दाबी गर्दै मृतकका आफन्तले घटनाको अनुसन्धान हुनुपर्ने माग गरेका छन् । राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दलित युवा अपहरित यसैगरी, अज्ञात समूहले सप्तरीको राजविराजबाट एक दलित युवक अपहरण गरेको छ । बैंकबाट रुपैयाँ झिकेर घर फर्कने क्रममा सप्तरी नकटी रायपुुर गाविस–५ हरिरावाका २८ वर्षीय श्रीप्रसाद रामलाई अज्ञात समूहले अपहरण गरेका हुन् । वैदेशिक रोजगारीका लागि कतार गएका राम दुईदिन अघिमात्र घर फर्केका थिए । कतारबाट पठाएको रु पाँच लाख रुपैयाँ झिक्न राजविराज गएका उनलाई राजविराजस्थित प्रभु मनी ट्रान्सफरबाट रुपैयाँ झिकेर घर फर्कदै गर्दा अपहरण गरेको पीडित परिवारले बताएका छन् । रामले आज पत्नीलाई मोबाइलबाट फोन गरेर आफू हतियारधारी समूहको अपहरणमा परेको बताएको परिवारका सदस्यले बताए । घटनाका सम्बन्धमा पीडितका तर्फबाट जिल्ला प्रहरी कार्यालय सप्तरीमा जानकारी गराएपछि प्रहरीले रकमका लागि रामको अपहरण भएको हुनसक्ने बताएको छ । रामको खोजीका लागि तत्कालै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता रामको सकुशल रिहाइका लागि पहल गरिदिन परिवारजनले सञ्चारकर्मी तथा अधिकारकर्मीसँग आग्रह गरेका छन् ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login