काठमाडौ, अषाढ १० - बाटोमुनिको फूल' बाट चर्चामा आएका निर्देशक सुरज सुब्बा 'नाल्बो' यति बेला फिल्म 'मेरो भ्यालेन्टाइन' बनाउने तयारीमा छन् । 'बाटोमुनिको फूल' कै दुई नायक बाबु बोगटी र यशकुमारलाई नै दोहोर्याएका उनले बिहीबार मात्रै उनले फिल्मकी भ्यालेन्टाइन निशा अधिकारीलाई अनुबन्ध गरेका छन् । मेगना फिल्मस्को ब्यानरमा चन्द्रराज भण्डारीले बनाउन लागेको उक्त फिल्म मित्रताको विषयमा केन्दि्रत रहने सुरजले जानकारी दिए । पुस दोस्रो सातादेखि चितवन सेरोफेरोमा सुटिङ थालिने फिल्ममा सञ्जय लामाले क्यामेरा चलाउनेछन् भने संगीत 'द स्याडोज' ब्यान्ड, सुगम पोखरेल र यशकुमारले दिनेछन् । 'सायद' फिल्मको पोष्ट प्रोडक्सन भर्खरै सकेका सुरज 'मेरो भ्यालेन्टाइन' अगाडि साउन १५ देखि भने फिल्म 'फेसबुक' का लागि पनि व्यस्त हुँदै छन् । फेसबुकका कारण भित्रिएको अपराध र विकृतिलाई उधिनिएको कथामा बाबु बोगटी र झरना थापा पात्रका रूपमा रहेका छन् । उक्त फिल्मको सुटिङ भने दार्जिलिङ र काठमाडौंमा गरिने उनले बताए । एकपछि अर्को फिल्म हात पारेका निर्देशकले 'बाटोमुनिको फूल' कै निर्माता राजेश घतानीको अर्को फिल्म पनि गर्दै छन्
ekantipur



0 commentaires