आषाढ – १० उदयपुर जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बेल्टार गाविस-६ स्थित भोडापाटामा नौ वर्षीया एक बालिकालाई सोही ठाउँका चारजना बालकले सामूहिक बलात्कार गरेका छन् । घरमा बसी रहेकी बालिकाको यौनाङ्गबाट रगत बगेको देखेपछि उपचारका लागि बेल्टारस्थित क्लिनिकमा लगेपछि मात्र आमाले बालिका बलात्कृत भएको थाहा पाएकी हुन् । स्वास्थ्यकर्मीले बलात्कार भएको हुनसक्ने बताएपछि बालिका छोरीसँग सोधपुछ गरी आमाले इलाका प्रहरी कार्यालय बेल्टारमा चारजना बालकविरुद्ध जाहेरी दिएकी छन् । विद्यालयबाट घर फर्कने क्रममा १० वर्षीय तिलक राई, ९ वर्षीय राजेश नेपाली, ११ वर्षीय हरि नेपाली, १० वर्षीय विजय राईले बालिका बलात्कार गरेको जाहेरी प्रहरीमा परेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । प्रहरीले चारैजनालाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको छ । स्थानीय एक विद्यालयक प्राथमिक तहमा अध्यायनरत पीडकहरुले सोही विद्यालयमा पढ्दै गरेकी पीडितलाई विद्यालयबाट घर फर्कने क्रममा बेल्टार- ६ झोडापाटास्थित बाँसघारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकालाई स्वास्थ्य परीक्षण र उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा पठाएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज सई किरण श्रेष्ठले बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । बालिकाको स्वास्थ्य खतरा मुक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारले जनाएको छ ।
समाचार
»
चार बालकद्वारा बालिका बलात्कृत
चार बालकद्वारा बालिका बलात्कृत
Tags:
समाचार


0 commentaires