दुई वर्षमा पनि राहत आएन

कुर्घा -पर्वत, जेष्ठ २९ -  दुई वर्षअघि कतारमा पानीजहाज दुर्घटनामा परी मृत्यु भएका परिवारले अहिलेसम्म राहत पाएका छैनन् ।  कुर्घा ३ का ऋषिप्रसाद शर्माको मृत्यु भएको दुई वर्ष बितिसक्दा पनि परिवारले राहत पाएनन् । 'राहत पाइन्छ भन्न्ो सुनेकी हुँ,' श्रीमती गीतादेवीले भनिन्, 'तर कहाँ गएर राहत लिने हो थाहा   छैन ।' कामका सिलसिलामा कतार पुगेका शर्माको ०६६ साल असारमा पानीजहाज दुर्घटनामा मृत्यु भएपछि परिवार समस्यामा परेका छन् । 'राहत पाइने आसमा बसेको दुई वर्ष बितिसक्यो,' शर्माले भनिन्, 'तर अझै कहीँ कतैबाट राहत पाउन सकिएन ।' उनले कतार सरकारले ४४ लाख क्षतिपूर्ति दिने खबर सुने पनि अहिलेसम्म पाउन नसकेको   गुनासो गरिन् ।  श्रीमान् विदेश जाँदा लगेको ऋणसमेत तिर्न नपाएको उनले बताइन् । चार महिनामात्र खान पुग्ने खेतबारी भएकाले आम्दानीको स्रोत नहुंँदा ऋण तिर्न नसकिएको पीडित परिवारले बताए । 'कतार जाँदा एक लाख ऋण थियो,' उनले भनिन्, 'ब्याज बढेर दुई लाख पुगिसक्यो, तर कसरी तिर्ने थाहा छैन ।' आर्थिक अभावले छोराछोरी पढाउन समस्या भएको गीताले बताइन् । शर्माका दुई छोरी र एक छोरा छन् । 

kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login