सुरक्षा निकायको मिलोमतोमा लागु औषध गाजा र चरेसको तस्करी


महोत्तरी, जेठ ३०  । कर्मचारी तथा सुरक्षा निकायको मिलोमतोंमा महोत्तरीको विभिन्न नाकाबाट व्यापक मात्रामा लागु औषध गा“जा र चरेस तस्करी भइरहेको खुलासा भएको छ । सम्सी, बथनाहा, कट्टीकटैया, रधुनाथपुर, खैरबन्नी र भिठामोड नाकाबाट भारततर्फअवैध रुपमा गा“जा र चरेस तस्करी हुने क्रम बढेपछि प्रहरी प्रधान कार्यालयले तस्करी नियन्त्रण गर्नका लागि कडा निर्देशन दिएपछि महोत्तरी प्रहरीले धमाधम गा“जा पक्राउ गर्नथालेपछि सो रहस्यको खुलासा भएको हो । भन्सारका कर्मचारी तथा सुरक्षानिकायको मिलेामतोमा मध्यरातीतिर गाजा र चरेस तस्करी हुने गरेको श्रोतले बताए । सुरक्षाकर्मीको चेक प्वाइन्टहरु निर्माण गरिएपनि लागूऔषध गा“जा र चरेसको तस्करीमा भने कुनै कर्डाई नगरिएको गुनासो स्थानीयहरुको छ । सीमा सुरक्षा सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मुल भन्सार कार्यालय महोत्तरी दैनिक करोडौ रुपैयाको अवैध गा“जा र तस्करी भइरहेको बारे अनभिज्ञ छ । पर्ूव पश्चिम लोकमार्ग्र्ााखि दक्षिणका गाउँहरुमा मुँगेर, मुज्जफरपुर, पटना, सितामढी, हरियाना, कोलकाता, राजस्थान लगायत भारतीय शहरका गा“जा खरिद गर्ने व्यापारीहरुको चहलपहल बढेको छ ।मकवानपुरमा उत्पादित गा“जा स्थानीय व्यापारीले खरिद गरी महोत्तरीको सदरमुकाम जलेश्वरदेखि पश्चिमी गाउमा भण्डारण गरेर र भारतीय व्यापारीहरुलाई विक्री गर्ने गरेको पाइएको छ । गुणस्तरको आधारमा गांजाको प्रतिकिलो २ देखि ४ हजारसम्मको दरमा विक्री भइरहेको श्रोतको दावी छ । श्रोतका अनुसार प्रहरीको प्रत्यक्ष निगरानीमा गांजा र चरेस सिमाना पार हुने गरेको छ । राजमार्ग पार गरेमा प्रतिकिलो एक हजार र भारतसंग जोडिएको सीमा पार गर्दा १ हजार रुपैया सुरक्षाकर्मीलाई दिनुपरेको भारतीय व्यापारीहरु बताउछन् । सो लागु औषध भारतको कोलकाता पुर्‍याउन प्रतिकिलो १० हजारसम्म भारतीय रुपैया खर्च आउने गरेको ती व्यापारीले बताए । कोलकाता, पंजाव, हरियाना पुगेपछि सो गांजाको दर प्रतिकिलो ४० हजार भारतीय रुपैयासम्म हुने गरेको व्यापारीहरुको भनाई थियो । आर्थिक लेनदेनमा कुरो नमिल्दा कर्डाई गरेपछि प्रहरीले नेपालबाट तस्करी भइरहेको अवस्थामा ३० क्वीन्टल ९१ किलो गाँजा, ३ किलो १५ ग्राम चरेस सहित ८ जना तस्करलाई पक्राउ गरेको छ । गांजा लोड तीन वटा टूक पनि प्रहरीले नियन्त्रणमा लिएको छ र्।र् इलाका प्रहरी कार्यालय बर्दिवासले गत वर्षभदौ महिनामा बर्दिवास-९ स्थित बुद्ध चोकमा नियमित चेकजा“चको क्रममा ना२ख ४६३८ को टूकबाट १७ क्वीन्टल ८० किलोग्राम गा“जा बरामद गरेको थियो । गांजा तस्करको आरोपमा पक्राउ परेका टूक धनी रामेछाप चनाखु-९ का बच्चु भने डाल बहादुर बोहरा पर्ूपक्षका लागि थुनामा छन् । यस्तै काठमाण्डौंबाट भारततर्फलगिदै गरेको १ करोड मुल्य बराबरको गाँजा गत वैशाख २४ गते प्रहरीले बर्दिवास-७ स्थित राजमार्गमा ना २ ख ८८६३ नम्बरको टूकमा रुची चिजवलको कार्टुनामा लुकाई राखेको ८ क्वीन्टल ९५ किलोग्राम गाजा बरामद गरेको थियो । गाजाका पोकामा लुकाएको ३ किलो १५ ग्राम चरेस समेत प्रहरीले बरामद गरेको थियो । गाँजाका साथ प्रहरीले सिन्धुपाल्चोक पिपलडांडा ४ का श्रीराम थापा, कैलाली धनगढी-२ का प्रविण वस्नेत र मकवानपुर हर्नामाडी- ५ का प्रदिप तामाङलाई पक्राउ गरेको छ । त्यस्तै जेठ ९ गते माइस्थान ५ पूर्व पश्चिम लोकमार्गमा पूर्व तर्फाट आउदै गरेको लु१ख ४८७० नम्बरको टूक सहित ४ क्वीन्टल १४ किलोग्राम गा“जा बर्दिबास प्रहरीले बरामद गरेको थियो । त्यसमा संलग्न मकवानपुर नामटार- ७ का हरीचन्द्र जमरकट्टेल, शिव विष्ट वडानम्बर- ९ का वीर बहादुर थिङ र इलाम नामसालिङ- ३ का पुरन होल्मो रहेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक रामेश्वर प्रसाद यादवले सातै जनामाथि लागु औषध मुद्दा चलाईएको बताए ।लागु औषध तस्करी नियन्त्रण गर्न लोकमार्ग, सिमा क्षेत्रमा सघन चेक जा“च प्रक्रिया लागु गरिएको र गस्ती टोली बढाइएको उनले बताए । उनले गा“जा ओसारपसार गर्ने प्रमुख योजनाकारहरुको खोजतलास भइरहेको बताए । मकवानपुरको चुलीया बसामाडी, खरङ, भन्ने ठाउँहरुबाट गाँजा लोडगरी महोत्तरी ल्याउने गरेको प्रहरीको दावी रहेको छ । गाजा व्यापारी मकवानपुरका कान्छा लामा, प्रेम थिङ, पुरन हेल्मो महोत्तरी कोल्हुवा बगेयाका लक्ष्मी चौधरी कलवार र भटौलियाका राजनन्दन सिंहको खोजवीन जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेलले लागु औषधको ओसारपसारमा संलग्नलाई कडा कारवाही गर्ने वताए । तर नागरिक समाजका अगुवार् इश्वरी काँफ्लेले प्रहरी प्रशासनको संलग्नतामा नै गाँजा तस्करी हुने गरेको बताउदै यस्ता क्रियाकलापहरु तात्काल नियन्त्रण गर्नुपर्ने मांग गरे । जनकपुर टुडे
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login