मधुसुधन गुरागाईं, बनेपा, जेठ २६- माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले बनेपास्थित चैतन्य बहुमुखी क्याम्पस प्रमुख जुजुभाइ मानन्धर र प्रशासन प्रमुख राजभाइ मानन्धरलाई विहीबार विहानै देखि क्याम्पस हाताभित्रै थुनेका छन्।
विभिन्न १३ सूत्रीय माग राखेर विद्यार्थीहरुले दुबैलाई थुनेका हुन्। क्याम्पसबाट विद्यार्थीहरुलाई बाहिर निकालेर उनीहरुलाई थुनिएको हो।
क्याम्पसले सञ्चालन गर्दै आएको विज्ञान विषयको पढाइ बन्द गर्न नहुने लगायतका माग क्रान्तिकारी विद्यार्थीहरुले राखेका छन्। क्याम्पसले जम्मा ७ विद्यार्थीहरु मात्र पढ्ने भएपछि सो कक्षा हटाउने बारेमा योजना बनाउँदै रहेको थियो।
लगातर घाटामा विज्ञान कक्षा सञ्चालन गर्दा अन्य विषयका विद्यार्थीलाई आर्थिक भार थप हुने भएकाले क्याम्पसले हटाउन खोजेको बुझिएको छ। विद्यार्थीहरुको मागबारेमा छलफल गर्ने भन्दाभन्दै नियतवश ताला लगाएर पदाधिकारीलाई थुनेको प्रति अन्य विद्यार्थी संगठनले आपत्ति जनाएका छन्।
नागरिक
0 commentaires