राजकुमार कार्की सिन्धुलीको कमलामाइ नगरपाकिला १० बागमारामा बुधबार दिउँसो एक यूवकले श्रीमतीको हत्या गरि आफुले पनि आत्महत्या गरेका छन । २७ वर्षीय कमल रम्तेलले सोही उमेरकी श्रीमती शान्ता रम्तेललाई टाउकोमा ढुङ्गाले हनेर हत्या गरि आफुले भुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
कमला नदीमा नुहाउन गएका रम्तेल जोडी मृत अवस्थामा फेला परेका थिए । शान्ताको लाश नदी किनारमा क्षत विक्षत अवस्थामा फेला परेको तथा कमलको नजिकै रुखमा झुण्डिएर मृत अवस्थामा रहेको प्रहरीले बताएको छ ।
उनीहरुका नाबालक दुई छोरा रहेका स्थानीय बासिन्दाले बताएका छन् । सर्लाहीको हरिऔनबाट मङ्गलबार आएर उनीहरु पन्नेसीमा रहेको ससुराली घरमा बसेका थिए । बुधबार विहान ९ बजेतिर मात्रै उनीहरु बागमाराको आफ्नो घरमा गएको मृतक शान्ताका भाई लालबहादुर धौलाकोटीले बताए । हरीऔनतिरै बस्ने भएकाले उनीहरुको झै–झगडाको विषयमा थाहा नभएको स्थानीयले बताएका छन् । घटनाको अनुसन्धान गरिने प्रहरी नायब उपरिक्षक जनक भट्टराई बताए ।
kantipur
0 commentaires