जनकपुरधाम,१८ जेठ । मिथिलाञ्चलका नारीले आज श्रद्धापर्ूवक बरसाइत पर्व मनाउँदै छन् ।सौभाग्य, समृद्धि, दर्ीघायु, वैभव र पारिवारिक समृद्धि प्राप्तिका लागि यस पर्वमा बरको रुखको पूजा आराधना गर्ने चलन छ । बरको रुखको मूलमा ब्रहृमा र विष्णु तथा अग्रभागमा शिवको बास हुने र सावित्री पनि सोही रुखमै प्रतिष्ठापित हुने विश्वासअनुसार यस पर्व मनाइने भएकाले यसलाई 'बट सावित्री पूजा' पनि भन्ने गरिएको छ ।पौराणिक कथाअनुसार सावित्रीले सोही रुखमुनि आराधना गरी मृत पति सत्यवान्लाई जीवित तुल्याएकी थिइन् ।यस पर्वभन्दा एक दिन पूर्व नै नयाँ बेहुलीले पतिकहाँबाट पठाइएको सामग्रीले गौरी नैवेद्य बनाउने चलन छ । यसमा धानको लावा भुटेर बेसारको गौरी बनाई पूजा गरिन्छ । दाजु वा भाइलाई लिएर नयाँ व्रती बरका रुखमुनि जाने र जाँदाखेरि दाजु वा भाइले व्रती दिदी वा बहिनीलाई छाता ओढाएर लैजानुपर्ने प्रचलन रहेको छ ।यसरी जाँदा व्रतीले टाउकोमा माटोको सानो गाग्रो बोकेर लैजाने र सङ्गिनीहरुले यसको महत्वलाई प्रकाश पार्ने गीत गाउने गर्छन् । नयाँ बेहुली -व्रतीले यस किसिमको व्रत गर्ने चलन छ भने अन्य व्रतीले गौरी, भगवती र विसहराको पूजाअर्चना गरी कथा सुन्ने गर्छन् । यस पर्वमा व्रतीले बरको पात कपालमा सिउरेर अटल सौभाग्यको बरदान माग्ने परम्परा रहिआएको छ ।
janakpurtoday
0 commentaires