केटी बेच्ने धमाधम पक्राउ

ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, जेठ १८ - चेलीबेटी बेचविखनका पुराना घटना धमाधम सार्वजनिक हुन थालेका छन्। पछिल्ला केही वर्षमा १३ युवती आफ्नो सम्पर्कमा आएको छन् बेचविखनमा संलग्न सात जना जिल्ला कारागारमा छन्।      एक वर्षभित्र प्रहरी सम्पर्कमा आएका चार युवती कानुनी लडाइँमा रहेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षक एकनारायण कोइरालाले बताए। 'पीडित नै सक्रिय भएसँगै बेचविखनमा संलग्न दलालहरु पनि धमाधम पक्राउ पर्न थालेका छन्,' नागरिकसँग भने, 'बेचिएकैबाट उजुरी पर्न थालेकाले दलालहरु पक्राउ गर्न सहज भएको छ।' उनका अनुसार बेचविखन अभियोगमा यतिबेला सातजना जिल्ला कारागारमा छन्। यीमध्ये एकलाई सजाय तोकिएको छ भने फरार रहेका पाँचजनाको खोजी भइरहेको छ।  एकै व्यक्ति सात घटनामा संलग्न पाइएकाले प्रतिवादी संख्या भने ३० बढी हुने प्रहरीले जनाएको छ।  ६ जना युवती बेचेको किटानी जाहेरी परेका शिखरपुर-९ का बजिरसिंह तामाङ उर्फ 'प्रेम' फौजदारी अभियोगमा कारागारमा छन्। प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेका उनी गत मंसिर १४ गते राजधानीमा पक्राउ परेका थिए।  पटके बेचविखनमा संलग्न रहेको भन्दै नैतिक पतन देखाएको आधारमा उनलाई यो अभियोग लगाइएको हो। जिल्ला अदालतले उनलाई गत माघमा थुनामा राख्ने आदेश दिएको थियो। ८० हजार रुपैयाँमा १५ वर्षीया किशोरी छोरी बेचेको अभियोगमा दुवाचौर-६ का ६२ वर्षीय लोकबहादुर घले पनि कारागारमा छन्। तीन वर्ष भारतको वेश्यालयमा विताएर भाग्न सफल लोकबहादुरकी छोरीले गत माघमा किटानी जाहेरी दिएकी थिइन्। अदालतको आदेशमा लोकबहादुरसहित चार जना फागुनमा थुनामा परे। फटकशिलाकी दलित युवती 'चौतारा-के' (प्रहरीले दिएको उपनाम) तीन वर्षअघि विवाहको अघिल्लो दिन आफ्नै काकाद्वारा बेचिइन्। भारतको कोठीबाट भोगेर गत महिना प्रहरी सम्पर्कमा आएपछि पक्राउ परेका उनका दलाल काका हिरासतमा छन्।  'यस क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्थाको काउन्सिलिङले पनि पीडितलाई न्यायको खोजीमा निस्कन र प्रहरीलाई दलाललाई पक्रन निकै सहज भएको छ,' कोइरालाले भने।  सिर्जनशील ग्रामीण महिला परिवार, माइती नेपाल, शक्ति समूह, महिला आत्मनिर्भरता केन्द्र जिल्लामा बेचविखनविरुद्धको अभियानमा क्रियाशील छन्। यी संस्थाले बेचविखन प्रभावित महिलाको कानुनी उपचार खोज्ने र परिवारमा पुनःस्थापित गर्ने काम समेत गर्दै आएका छन्।  अधिकारकर्मी नानीमैंया थापाले भारतको यौन व्यवसायबाट फर्केका नौ महिलालाई चौतारास्थित पुनःस्थापना केन्द्रमा संरक्षण दिएको जानकारी दिइन्। बेचविखन प्रभावित मेलम्ची क्षेत्रमा काम गरेका प्रहरी निरीक्षक वेणी सिलवालले परिवारकै संलग्नतामा छोरीचेली बेचिने समेत भेटिएको बताए।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login