पंतञ्जली योग समितिको रिले अनशन

 कन्हैया गुप्ता बीरगञ्ज, २७ जेष्ठ । पंतञ्जली योग समिति र नेपाल आर्य समाज पर्साको संयुक्त आयोजनामा भ्रष्टाचार बिरोध सत्याग्रह नामक कार्यक्रममा भारतीय प्रहरी प्रशासनको ज्यादतिमा हुनु भएका घाईते तथा अनशनमा बस्नु भएका योग गुरु रामदेव बाबा र बालकृष्ण अर्चाय लगायत सहभागीहरुको सु – स्वास्थ्य एवं दिर्घायुको कामना गर्नुको साथै परमात्माले थप अनशनमा बस्न शक्ति प्रदान गरुन भनी दुई दिने महा मृत्युन्जय हवन कार्यक्रम आज गिता मन्दिरको हवन यज्ञाशालामा सम्पन्न भयो । उक्त हवन कार्यक्रममा पंतञ्जली योग समिति पर्साका योग गुरु भिम प्रसाद सर्राफ, अनिरुद्ध प्रसाद गुप्ता, मुकेश सराबगी, स्वमी जयकरण प्रसाद यादब, बैधनाथ प्रसाद, नसिम लाल, अशोक उपाध्याय, रञ्जु उपाध्याय, जगदिश प्रसाद रहनु भएको थियो भने आर्य समाजका महासचिव श्यामकिसोर आर्य, पंडित यज्ञदेव आर्य, उषा देबी आर्य लगायातको उपस्थिती रहेको थियो । त्यसै गरी भोली बिहान १० बजे देखी पंतञ्जली योग समिति पर्साले बीर गञ्जको मुटु घण्टाघरमा रिले अनशन कार्यक्रममा बस्ने कुरा पर्साका योग गुरु सर्राफले रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्तालाई बताउनु भएको छ ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login