सप्तरी, २८ जेठ । सप्तरीका थारु समुदायले धमाधम हिन्दू धर्म परिवर्तन गरी बुर्द्धधर्म मान्न थालेका छन् । चीनबाट आएका बौद्ध धर्मावलम्बीहरुले थारुहरु बुद्धका सन्तान हुन् भन्दै ठाउँठाउँमा गुम्बाहरु निर्माण गरिदिएपछि थारु समुदायहरु हिन्दुधर्म परिवर्तन गरी बौर्द्धधर्मलाई आत्मसात गर्न थालेका हुन् । केही वर्षघिदेखि बुद्धिष्टहरुले सप्तरीसहित देशका अन्य भेगमा बुद्धका स्तम्भहरु खडा गर्दै आएका छन् । चीनका बुद्धिष्टहरुले खडा गरेको स्तम्भलाई अहिले सप्तरीका थारु समुदायले गुम्बाका रुपमा निर्माण गरी बौर्द्धधर्मको आस्थाको थलो बनाएका छन् । थारुहरु अधिक बस्ती रहेको निर्वाचन क्षेत्र नं-६ मा यस वर्ष दुइ ठाउँमा गुम्बा निर्माण गरिएका छन् । जिल्लाको इनरुवाफुलवडिया गाविस-४ र कुसहा गाविसमा बुद्धिष्टहरुको गुम्बा निर्माण गरिएका छन् ।फुलवडिया गाविसमा २०३६ सालमा स्थानीय शत्रुधन चौधरीले गाउँमा लगेको बुद्ध भगवान्को मुर्तिलाई स्थानीयवासीले स्तम्भ बनाएर शान्तिको प्रतीक रुपमा मान्न थालेको स्थानीय थारु समुदायका अगुवाहरु बताउँछन् । सप्तरीमा लगभग ५० हजारको हाराहारीमा रहेको थारु बस्तीमा अहिले अधिकांश थारु समुदायको घरमा बुद्ध भगवान्को झन्डा फहराइएका छन् । थारु समुदायका अगुवाहरुले रकमको प्रलोभनमा नभइ आफूहरुले स्वेच्छाले बौद्ध धर्म अपनाएको फलवडिया गाविस निवासी विनोद चौधरीले जानकारी दिनुभयो । उहाँले बुर्द्धधर्म आफूहरुको धर्म रहेको र बुद्ध भगवान् आफूहरुको वंशजका भएकाले थारुहरु बौद्ध धर्म मान्न थालेको बताउनुभयो । रासस
समाचार
»
थारुहरुले बुर्द्धधर्म अपनाए
थारुहरुले बुर्द्धधर्म अपनाए
Tags:
समाचार
0 commentaires