२१ जेठ उदयपुर/ उदयपुरको त्रियुगा नगरपालिका-७ मोतीगडाका एक युवाले शुक्रबार बिहान श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । सामान्य घरायसी विवादमा २६ वषर्ीय रामकर्ण चौधरीले २५ वषर्ीया श्रीमती इन्दिरा चौधरीको गर्धनमा खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते बनेकी इन्दिराको जिल्ला अस्पताल बोक्सेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले बताए । घाइतेको टाउकोनजिककोे संवेदनशील भागमा गहिरो चोट लागेकाले अवस्था गम्भीर रहेको उपचारमा संलग्न अस्पतालका हेल्थ असिस्टेन्ट जगदीश खड्काले बताए । उनको टाउकोमा १० टाँका लगाइएको छ । खुकुरी प्रहारबाट भुइँमा ढलेकी इन्दिरालाई छिमेकीहरूले उठाएर अस्पतालसम्म ल्याएका थिए भने श्रीमान् रामकर्णलाई पक्राउ गरी प्रहरीलाई बुझाएको छिमेकी जेपी चौधरीले बताए । पक्राउ परेका रामकर्णलाई थप अनुसन्धानका लागि प्रहरीले शुक्रबार बिहानै स्वास्थ्य परीक्षण गरी हिरासतमा राखिएको नगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रवि लिम्बूले बताए ।
nayapatrika
0 commentaires