आज जातीय विभेद तथा छुवाछुत उन्मुलन दिवस

गणतन्त्रको स्थापना हुँदासमेत मुलुकमा छुवाछूतजस्तो कुप्रथाको अन्त्य हुन नसकेको तीतो यथार्थ विद्यमान
 काठमाडौं, २१ जेठ  जातीय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस दलित सम्बन्धी अधिकारवादी संघसंगठनले आज बिभिन्न कार्यक्रम गरेर मनाउदैछन् । राजधानी लगायत मुलुकको बिभिन्न स्थानमा जनचेतनात्मक कार्यक्रम राखेको उनिहरुले बताएका छन् । सरकारले पनि जातीय विभेद उन्मुलन दिवसलाई यस पटक देखि महत्व दिएको छ । मुलुकको जनसंख्याको एक चौथाई हिस्सा ओगटेका नेपाली दलित समुदायमाथि करिब ३५ सय बर्ष देखि जातीय विभेद हुँदै आएको छ । पाँच वर्ष अघि आजकै दिन पुनःस्थापित प्रतिनिधिसभाले मुलुकलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यस पछि प्रत्यके बर्ष यो दिवस मनाउने गरिएको छ । यसैवीच प्रधानमन्त्री झलनाथ खनालले जातीय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिदै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुँदासमेत मुलुकमा छुवाछूतजस्तो कुप्रथाको अन्त्य हुन नसकेको तीतो यथार्थ विद्यमान रहेको बताउनुभएको छ ।   उहाँले मुलुकको सामाजिक आन्दोलनमा आजको दिन ज्यादै महत्वपूर्ण रहेको बताउनु हुँदै इतिहासदेखि नै थिचिएका मिचिएका र अपमानित जीवन व्यतित गर्न बाध्य दलित समुदायको मात्रै नभएर सम्पूर्ण नेपालीहरुको शीर स्वाभिमानले अझ उँचो बनाएको बताउनुभएको छ । कानूनी प्रावधानहरु कडा पार्नु पर्ने आवश्यक रहेको भन्दै प्रधानमन्त्री खनालले सामाजिक चेतना र राजनीतिक अभियानलाई व्यवस्थित रुपमा अघि बढाउन सकेको खण्डमा मात्रै छुवाछुतको अन्त्यमा अपेक्षित सफलता प्राप्त हुनसक्ने बताउनुभयो ।

dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login