मन्दिरमा फूल चढाएकोमा यातना


जाजरकोट, २१  जेठ : मन्दिरमा फूल चढाएको भन्दै एक दलितलाई चरम यातना दिइएको छ । शुक्रबार भगवती-६ का जितबहादुर परियारलाई मन्दिर पसेको आरोपमा स्थानीय सुरेन्द्र शाही र मालबहादुर शाहीले यातना दिएका हुन् । 
स्थानीय भगवती मन्दिर प्रवेश गरी फूल चढाएको आरोपमा परियारलाई नियन्त्रणमा लिएर यातना दिएको दलित अधिकार संघर्ष समितिले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते परियारको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।  
यसैबीच संयुक्त राजनैतिक दलित अधिकार संघर्ष समिति जाजरकोटले घटनाको विरोध गरेको छ । समितिले शुक्रबार विज्ञप्ति जारी गरी घटनाका दोषीलाई कारबाही नगरे आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ । '२१औँ शताब्दीमा पनि मन्दिर पसेको आरोपमा यातना दिनु ठाडो कानुनको उल्लंघन र मानवताविरोधी काम हो । 
दोषीलाई तत्काल कारबाही गर्न माग गर्दछौँ,' समितिका संयोजक पार्वती विकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।  कानुनले छुवाछुत अन्त्यको घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । जाजरकोटका दुर्गम गाउँमा मात्र नभई सदरमुकाममा समेत दलितलाई घरभित्र पस्न रोक लगाउने गरिन्छ ।


nayapatrika 



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login