दधि सापकोटा बेल्जियन आषाढ – १० नेपाली मूलका बेल्जियन नागरिकको पासपोर्टमा लागिएको नेपाली भिसा हो यो । बेल्जियमको राजधानी ब्रसेल्सस्थित नेपाली दूतावासबाट लिइएको भिसा । भिसामा देब्रेतिर भिसा फी यूएस ३० (देब्रेतिरको रातो घेरामा हेर्नुस) भनेर स्पष्ठ लेखिएको छ । अनि दाहिनेतिर अर्को पटक लिएको भिसामा फेरि यूएस ४० (दाहिनेतिरको रातो घेरामा हेर्नुस) भनेर लेखिएको छ । यूएस ४० भनेर लेखिएको ठाउँमा डट्पेनको मसीले काटेर यूरो बनाइएको छ । अमेरिकी डलरलाइ डट्पेनको मसीले काटेर उत्तिनै रकम यूरोमा लिनु ठगी हो कि होइन ?
बेल्जीयन पासपोर्ट लिइसकेका नेपाली अर्जुन अधिकारीको बेल्जियन पासपोर्टमा लागेको भिसा हो यो । बेल्जियमको दूतावासमा नेपाली जाँदा नम्र र सहयोगी ब्यवहार गर्दैनन् भन्ने नेपालप्लसको केहि महिना अघिको रिपोर्ट पढेपछि अधिकारीले आफू ठगिएको महसुस गरेर नेपालप्लसलाई यो भिसाको सप्रमाण पठाएका थिए । वास्तविक के भएको थियो भने सन् २००९ मा अधिकारी आफ्ना मित्र सहदेव गौतमसँगै आफ्ना परिवार भेट्न दशैंमा नेपाल जाँदै थिए । उनीहरु भिसा लिन नेपाली दूतावास गए । दूतावासले ४० डलर लेखेको ठाउँमा दुबैको भिसामा सच्याएर यूरोमा पैसा लियो । उनीहरु सँगसँगै गएका थिए त्यति बेलाका एन आर एन बेल्जियमका उपाध्यक्ष श्रीप्रसाद सापकोटा । तर उनले भने उहि ३० दिनकै भिसा विमानस्थलमै लिए । त्यसलाई अन एराइबल भिसा भन्छन् । उनीसित चाहिँ ४० डलर लिइएछ ।
३० दिनकै भिसा हो नेपालको । दुई जनाको पासपोर्टमा ४० डलरलाई काटेर ४० यूरो बनाएर लिने । अर्कोकोले चाहिँ ४० डलर नै तिरे पुग्ने । ४० डलरको नेपालीमा करिब ७ हजार २ सय २ हजार ८ सय ६४ हुन्छ भने ४० यूरोको ४ हजार २ हजार ८ सय ६४ ४ हजार एक सय हुन्छ । यत्रो फरक कसरि ? ४० डलरलाई संवन्धित देशको विनिमय दर मा जति रकम हुन्छ त्यति लिने भनेपछि यत्रो फरक पारेर लिन हुन्छ ? उनीहरुले आफू ठगिएको महसुस गरेपछि विमानस्थलको अध्यागमन बिभागका कर्मचारीलाई देखाए । अर्जुन अधिकारीले नेपालप्लससित गरेको कुराकानीका अनुसार अध्यागमन अधिकारीले यसलाई ठगी गरेको प्रतिक्रिया दिएका थिए ।
अधिकारीले भने- “हामीलाइ अध्यागमनका कर्मचारीले यो त सिधा ठगी हो । डलरलाई सच्याएर यूरोमा लिनै पाइन्न । बेल्जियम गएपछि राजदूतलाई झपार्नुस् भनेका थिए ।” भिसा लिएको करिब डेढ वर्ष भैसक्दापनि किन उजुरी नगरेको त भन्ने नेपालप्लसको जिज्ञासामा अधिकारीले भने ‘म यता आएपछि थुप्रै कार्यक्रममा कति पटक राजदूत प्रमेश हमाललाई सोध्न खोजेको थिएँ । तर अनुकूलनै मिलेन । त्यहि भएर तपाइलाई बुझिदिन भनेका हौं । पछि परराष्ट्र मन्त्री सुजाता कोइराला आउँदा सोध्न खोजेका थियौं कांग्रेसका साथी मार्फत् । तर उनीहरुको पार्टीगत लफडाका कारणले गर्दा भन्ने समयनै मिलेन” ।
अर्जुन अधिकारी र उनका साथीहरुलाई यूरोपबाट नेपाल जाँदा यूरोमा तिर्नुपर्ने रहेछ भन्ने लागेको रहेछ । तर काठमाडौं विमानस्थलको अध्यागमन बिभागका कर्मचारीलेनै डलरमा नतिरेर यूरोमा तिरेको बढि रकम नेपाल सरकारलाई जाँदैन भन्ने जवाफ पाएपछि उनीहरुले आफू ठगिएको महसूस गरेका थिए । अधिकारीले भने “मैले चाही सायेद यूरोपबाट नेपाल जादा यूरो नै तिर्नु पर्ने होला भन्ने सोचेको थिएँ। तर काठमाडौं एअरपोर्ट पुग्दा त्यहाँ कर्मचारी ले किन तपाईहरु ४० डलर नतिरेर ४० यूरो तिर्नु हुन्छ ? यो पैसा नेपाल सरकारलाई पनि जाँदैन, एम्बेसीको कुनै खर्चमा पनि आउँदैन, तपाई हरुले त्यहाँको राजदूतलाई यो बिषयमा हकार्नुसत भने पछि पो मलाई ठगिएको थाहा भयो।”
यसै विषयमा मैले हिजै अध्यागमन बिभागका एक कर्मचारीलाइ बुझ्न लगाएको थिएँ काठमाडौंका पत्रकार प्रवेश सुबेदी मार्फत । आफू शुल्क निर्धारण बिभागको कर्मचारी नभएकोले नाम उल्लेख नगर्न अनुरोध गर्दै सुबेदीलाई उनले जवाफ दिए “डलरलाई कलमले काटेर यूरोमा लिन त मिल्दै मिल्दैन । मैले बुझेसम्म यो त ठगी हो” । नेपालसरकारको अध्यागमन बिभागको आधिकारिक साइटमापनि तोकिएको भिसा दस्तुरलाई सटही दर अनुसार लिने भनेरै स्पष्ठसित लेखिएको छ । त्यसकोलागि यहाँ गएर हेर्नुस् ।
दूतावासको जवाफ
तर उनको यो भनाइलाई दूतावासले दिएकै भिसाले खण्डन गर्छ । किनभने १२ अक्टोबर २००९ मा ब्रसेल्सस्थित दूतावासले दएकै ३० दिने नेपाली भिसामा ३० डलर लेखिएको छ र त्यसमा भने सच्याइएको छैन (देब्रे पट्टीको भिसामा रातो घेरामा हेर्नुस) । तर १७ सेप्टेम्बर २००९ मा दिइएको भिसामा भने डलर काटेर यूरो बनाइएको (दाहिनेपट्टीको भिसामा रातो घेरामा हेर्नुस) छ । डलरमा लेखिएको भिसा यूरोमा लिने प्रचलन थियो भने अघिल्लोमा किन सच्याएर लिइएन यूरोमा ?
रीता धितालले आफू बेल्जियमको ब्रसेल्सस्थित दूतावासमा गत दुई वर्षदेखि कार्यरत रहेको र त्यो बेला देखिनै डलर लेखिएको ठाउँमा कलमले सच्याएरै लिने गरेको बताइन् । डलरको ठाउँमा यूरोलिएपनि उक्त रकम नेपाल सरकारकै ढुकुटीमा जम्मा हुने स्पष्ठिकरणपनि उनले दिइन । डलरलाई काटेर यूरोमा लिँदा बिदेशीले गुनासो गर्दैनन् भन्ने प्रश्नमा उनले अहिलेसम्म कुनैपनि बेल्जियन नागरिकले गुनासो नगरेकोपनि बताइन् ।
दूतावासकै भनाइलाई विश्वसनिय मान्दापनि किन पत्यारिलो लाग्दैन भने दूतावासकै भनाइलाई उनीहरुलेनै दिएका दुई भिन्न भिसाले सिद्द गर्दैनन् । त्यसो हो भने यसको दोषी को ? के नेपाल सरकारले ४० डलर वा यूरो लिँदापनि एउटा गतिलो स्टिकर बनाउन सक्दैन ? काठमाडौं अध्यागमन, विमानस्थल अध्यागमन र बिदेशसित दूतावासले एकै मुलुकबाट आएका नागरिकलाई उत्ति समयका लागि दिने भिसामा के यस्तो भिन्नता गर्न मिल्छ ? डलरलाई काटेर लिएको यूरोको रकम साँच्चै नेपाल सरकारको ढुकुटीमा जान्छ कि जाँदैन ? यसको जवाफ दिने को ? दूतावास कि नेपाल सरकारको कुनै निकाय ?




0 commentaires