घरेलु मदिरा भट्टी नष्ट, टेम्पो ठोक्किँदा आठ घाइते

पर्सा वीरगन्ज । काठमाडौँबाट वीरगन्ज आइरहेको यात्रुबाहक टाटासुमो र वीरगन्जबाट जीतपुरतर्फगइरहेको यात्रुबाहक टेम्पो एकापसमा वीरगन्ज-पथलैया सडकखण्डअर्न्तर्गत पर्सा परवानीपुरमा ठोक्किँदा आठजना यात्रु घाइते भएका छन् ।ना१च २८१५ नंको सुमो ना१ह ७२३ नंको टेम्पोमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । घाइतेमध्ये दुइजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते हुनेमा बाराको ककडी निवासी भीमबहादुर धिताल र पर्सा झौवागुठी निवासी रघुनाथ प्रसाद रहेका छन् । उनीहरुको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । टेम्पो चालक र सुमो चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । टेम्पोमा सवार सबै यात्रुहरु घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ ।यसैबीच वीरगन्जको सीमावर्ती इनर्वा प्रहरीले गएराति एक दर्जनभन्दा बढी मदिरा भट्टीहरु नष्ट गरेको छ । सीमा क्षेत्रमा अवैधरुपमा सञ्चालनमा रहेका उक्त मदिरा भट्टीहरु नष्ट गरिएको हो । इनर्वा क्षेत्रमा रहेका सातवटा मदिरा भट्टी नष्ट गरिएको प्रहरी चौकी इनर्वाका प्रहरी नायब निरीक्षक जयकृष्ण कुर्मीले जानकारी दिनुभयो । उहाँले सो क्रममा करिब पाँच हजार लिटर घरेलु मदिरा नष्ट गरिएको पनि बताउनुभयो । नियम विपरीत उक्त भट्टीहरु सञ्चालनमा रहेका कारण कारबाहीस्वरुप नष्ट गरिएको र यो अभियान जारी रहेको उहाँले बताउनुभयो ।सीमा क्षेत्रमा रहेका अन्य अवैध मदिरा भट्टीहरु पनि नष्ट गरिने प्रहरीले जानकारी दिएको छ । सीमा क्षेत्रको भट्टीको आडमा आपराधिक गतिविधि सञ्चालन हुने प्रहरीको ठम्याइ छ ।रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login