भाटभटेनीले कृषिमा लगानी गर्ने

विष्णु पोखरेल, काठमाडौं, जेठ ३० - सुपरमार्केटमा लगानी गरिरहेको भाटभटेनी समूहले अब कृषि क्षेत्रमा लगानी गर्ने भएको छ। ताजा तरकारी ग्राहकको घरसम्म पुर्‍याउने उद्देश्यका साथ समूहले कृषि क्षेत्रमा लगानी गर्न लागेको हो।       भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आफ्नो लगानी तरकारीमा केन्द्रित हुने जानकारी दिए। उनले कृषकलाई उचित मूल्य दिने र ग्राहकलाई सस्तोमा उपलब्ध गराउने 'फार्मस टु फ्यामेली' अवधारणामा यस क्षेत्रमा लगानी गर्ने बताए।  गुरुङले पहिलो चरणमा कृषकलाई उचित मूल्य दिलाउन राजधानीको कीर्तिपुरमा सुविधासम्पन्न अन्तराष्ट्रिय स्तरको कृषक बजार (फार्मस मार्केट) खोल्ने जानकारी दिए। यसका लागि कीर्तिपुरमा १ सय रोपनी जग्गा पनि हेरिसकेको गुरुङले बताए। 'त्यहाँ अन्तर्राष्ट्रिय स्तरको कृषक बजार बनाउछौ,' उनले भने, 'त्यहा स्टोर गरिएका तरकारी र खाद्यान्न भाटभटेनीका चेन स्टोरमार्फत ग्राहकसम्म पुर्‍याउँछौ।'  गुरुङले अहिले कृषकले उत्पादनको उचित मूल्य नपाउने र ग्राहकले मह"गोमा किन्नुपर्ने अवस्था अन्त्य गर्न यस्तो बजारको अवधारणा ल्याएको जानकारी दिए। 'हाम्रो उद्देश्य बिचौलियाले मात्र पैसा कमाउने तर कृषकले उचित मूल्य नपाउने अवस्थाको अन्त्य गर्नु हो,' उनले भने।  अमेरिका गएका बेला त्याहाको फ्लोरिडा राज्यको फार्मस मार्केट हेरेपछि यहाँ पनि त्यस्तै बजार निर्माण गर्ने सोच आएको उनले बताए। 'यो बजारमा कोल्ड स्टोरका साथ अन्तर्राष्ट्रिय स्तरको सुविधा हुनेछन्,' उनले भने, 'नेपालमा अहिलेसम्म यस्तो बजार बनेको छैन।'  गुरुङले कृषि क्षेत्रमा करिब डेढ अर्ब लगानी गर्ने योजना बनाएको जानकारी दिए। उनले लगानी विस्तारको क्रममा 'अर्गानिक भिलेज' पनि बनाइने बताए। 'देशका विभिन्न स्थानमा गाउ" छनोट गरि यस्तो भिलेज बनाउन सहयोग गर्छौ,' गुरुङले भने, 'बिक्रीको प्रबन्ध समेत गर्छौ।'  आगामी १५ वर्षभित्र ५० हजारलाई रोजगारी दिने लक्ष्य राखेकाले त्यसलाई पुरा गर्न कृषि क्षेत्रमा लगानीको योजना ल्याएको जानकारी उनले दिए। 'कृषिमा लगानी नगरि धेरैलाई रोजगारी दिन सकिदैन त्यसैले यस क्षेत्रमा लगानी गर्न लागेका हौ,' उनले भने। गुरुङले जलस्रोतमा पनि लगानी गर्ने योजना रहेको बताए। मुलुकको उर्जा संकट समाधान गर्न जलस्रोतमा लगानी गर्न लागिएको उनले जानकारी दिए।

nagariknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login