इलाम जेठ ३० - जिल्लाको साङ्गरुम्बा गाविसको एक परिवारका छजनाको एकैपटक मानसिक सन्तुलन गुमेको छ। मानसिक असन्तुलनकै कारण एकको ज्यानसमेत गएको छ। तीन महिनाअघि साङ्गरुम्बा–५ का मनप्रसाद भट्टराईसहित उनका जेठा छोरा हर्कराम, माहिला छोरा याम, साहिला छोरा ख्याम र कान्छा छोरा लीला तथा छोरी पवित्राले मानसिक सन्तुलन गुमाएका थिए।यही बिरामीका कारण ६२ वर्षीय मनप्रसादको निधन भएको स्थानीय लक्ष्मण चौंलागाईंले जानकारी दिए। हर्कराम र पवित्रालाई नियन्त्रण गर्न नसकिएकाले अहिले पनि घरमा बाँधेर राखिएको उनले बताए। परिवारका सबैको नाटकीय ढङ्गले एकैपटक मानसिक सन्तुलन गुम्नु र मृत्युसम्म भएपछि छिमेकीहरू अचम्ममा परेका छन्।सबै सदस्य बिरामी परेको यो परिवारलाई छिमेकीहरूले उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका थिए।उपचारबाट ख्याम र लीला केही सामान्य भए पनि अन्यको अवस्था भने बिग्रँदै गएको छ।
purbelitimes
0 commentaires