खेलाडीहरुको भविष्यसँग खेलवाड गर्ने अध्यक्ष मिश्रको अफिस सदस्यद्वारा तोडफोड

 बीरगञ्ज, १८ जेष्ठ । मध्यमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र भुषण मिश्रले बीरगञ्जको नारायाणी रङ्गशालामा भर्इृरहेकोे अन्तर जिल्ला क्षेत्रब्यापी भलिबल तथा एथलेटिक्स प्रतियोगिता कार्यक्रमको आर्थिक रकम हिनामिना गरेको कुराको आरोप लगाउदै उक्त मध्यमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका सदस्य तथा सुप्रभा साप्ताहिक पत्रिकाका प्रकाशक । प्रधान सम्पादक प्र भा सिहं र देवानन्द यादवले आज दिउसो अध्यक्ष मिश्र बस्ने कोठाको तोडफो ड गरेकोले प्रहरीद्वारा पक्राउ परेका छन् । सो अन्तर जिल्ला क्षेत्रब्यापी भलिबल तथा एथलेटिक्स प्रतियोगितामा १९ जिल्ला बाट भाग लिन आएका खेलाडीहरुलाई खेलकुद बिकास समितिले उपलब्ध गराएको खेलाडीको सुबिधाहरुमा ब्यापक कटौती गरेर भ्रष्टाचार गरेको र सदस्यहरुलाई कुनै किसिमको मिटिङ्गमा नै नबोलाई एकलौटी तरिकाबाट अध्यक्ष मिश्रले आफ्नो मनमौजी किसिमबाट काम गरेकोमा नेपाली खे लाडीहरुको भबिष्यस“ग खेलवाड गर्ने काम गरेको हुनाले समितिका सदस्य तथा सुप्र भा साप्ताहिक पत्रिकाका प्रकाशक । प्रधान सम्पादक प्रभा सिहं र देवानन्द यादवले बाध्यता पुर्वक बिरोध स्वरुप तोडफोड गरेको बताउनु भयो । उक्त सम्बन्धमा अध्यक्ष मिश्रलाई बिभिन्न सञ्चारकर्मीहरुले घटना स्थलबाट सो सम्बन्ध बारे मोबाईल नम्बरमा सम्पर्क गर्न खोज्दा अध्यक्षको मोबाईलको स्विच अफ रहेकोमा सम्पर्क हुन सकेको थिएन ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login