१९ जेठ, काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा गएराति आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।ठमले नर्सिङचोकस्थित हरि सेढाइको हृयान्डिक्राफ्ट पसलमा आगलागी हुँदा पसलका रहेको करिब ३० लाख बराबरको कपडा र अन्य सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
राति साढे ९ बजेतिर भएको आगलागी स्थानीय र प्रहरीको सक्रियतामा उक घण्टापछि नियन्त्रणमा लिइएको बताइएको छ । पसल सञ्चालक सेढाइ पसल बन्द गरी घर हिडेको पाँच मिनेटमै धुवाँको मुस्लो देखिएपछि छिमेकीले टेलिफोन गरी आगलागीको जानकारी गराएका थिए ।
‘उहाँ (सेढाइ) बन्द गरेर हिँडेको पाँच मिनेटमै पसलबाट आगाको मुस्लो र धुवाँ देखिएपछि छिमेकीले फोन गरेर घनटाको जानकारी दिएछन्’ सेढाइका आफन्त लव प्याकुरेलले भने ‘फर्किएर आउँदा पसलभित्र दन्दनी आगो सल्किइसकेको रहेछ ।’
प्याकुरलेका अनुसार समयमै थाहा पाएर आगलानी नियन्त्रणमा नलिएको भए आगलागी पूरै ठमेलभर फैलन सक्थ्यो । एकिन कारण पत्ता नलागेपनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
0 commentaires