वैदेशिक रोजगारीका लागि कतार आएका एक नेपाली दोहा एयरपोर्टमा अलपत्र

दामोदर नेपाल  असार १०  वैदेशिक रोजगारीका लागि भनेर नेपालबाट भारत हुंदै कतार आइपुगेका एक जना नेपाली दोहा बिमानस्थलमा अलपत्र परेका छन् । सुगाभवानी पट्टी ८ जलेश्वरका बाबुलाल ठाकुर बरेहीलाई अध्यागमनले छिर्न नदिएर यहां अलपत्र परेका हुन् ।  पीडित बाबुलालका अनुसार यसअघि पनि उनी यहां काम गरेर नेपाल फर्किएका हुन् । उनले यसअघि केही समय अबैधानिक कामदारको रुपमा काम गरेर यहांको सरकारले खुला गरेको आम माफीको समयमा तीन वर्ष अघि नेपाल फर्किएका थिए । त्यसपछि यहीं कार्यरत उनका भिनाजुले अल जाबर कम्पनीको भिसा पठाएपछि उनी पुनः कामको लागि दोहा आइपुगेका हुन् । जेट एअरबाट भारतको दिल्ली भएर यहां आउने क्रममा उनी दिल्लीमा एक दिन रोकिनु परेको थियो । २२ तारिखमा नेपालबाट हिंडेपनि भारतमा रोकिनु परेका कारण २४ तारिखको बिहानमात्र उनी दोहा बिमानस्थल आइपुगेका थिए । उक्त समयमा उनलाई लिन आउने भिनाजु पनि नभएको र एयरपोर्टले पनि भित्र जान नदिएकोले आफू बिचल्लीमा परेको उनी बताउंछन् ।  उनले पहिले काम गरेको कम्पनीले उजुरी हालेको कारण कतार छिर्न नपाउने कुरा अध्यागमनका कर्मचारीले बताएको उनी बताउंछन् । साथै टिकट मगाएर नेपाल फर्कन उनीहरुले सल्लाह दिएको पनि उनले बताए । कतारको भिसा निक्लिएकोले नेपालबाट आफू आएको तर यहां छिर्न नपाउंदा आफ्नो आउने जाने गरेर करिब ५००००। नेपाली रुपैयां टिकटको लागि मात्र खर्च हुने भएकोले समस्यामा परेको उनको भनाई छ । साथै यदि भित्र छिर्न नपाउने भए किन भिसा निक्लिएको त उनले पंक्तिकारसंगको भेटमा प्रतिप्रश्न गरे ।   यही प्रश्न अध्यागमनमा गर्न भनेपछि उनले त्यहां गएर सोधेको र उनीहरुले उनको भिनाजुको सम्पर्क नम्बर मागेको अनि सम्पर्क भएपछि खबर गर्छु भनेको कुरा बताएका छन् । तर पनि उनी छिर्न पाउने आशामा भने छैनन् । अन्त्यमा अब के गर्नुहुन्छ त भन्ने प्रश्नमा अब टिकट मगाएर नेपाल र्फकने हो, यहां छिर्न नपाएपछि अरु के गर्नु र भन्ने निरासा व्यक्त गर्दछन् । उनको चिन्ता छ, बेफ्वांकमा ५०, ६० हजार डुब्यो ।  बाबुलाल त पंक्तिकारले आफ्नो छोटो बसाईमा दोहा बिमानस्थलमा भेटेका प्रतिनिधि पात्र मात्र हुन् । यसरी दुःख पाएर अलपत्र पर्ने नेपाली खाडीका बिभिन्न मुलुकमा कति छन् कति ? यसको लेखाजोखा कसैसंग पनि छैन । यसतर्फ सरकारको पनि ध्यान जानु जरुरी देखिन्छ ।
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login